आफ्नै शरिरमा आगो लगाउँदा घाईते

३ बैशाख, सुनसरी । बर्जु गाउँपालिका वडा नं. ५ मा एक महिलाले आफ्नै शरिरमा आगो लगाउदा घाईते भएकी छिन् । वडा नं. ५ लप्टोलियाकी स्थानिय ३२ बर्षीया धनमाया भट्टराईले साानन्य घरायसी विवाद्मा आफ्नै शरिरमा आगो लगाएकी हुन् । मंगलवार राती साँढे ११ बजेको समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएको प्रहरी जनाएको छ । घाईतेलाई उपचारका लागी कोशी अस्पताल बिराटनगर लगिएको..

भोक्राहा गाउपालिकाले अझैसम्म बाढेन राहत, प्रमुख भन्छन्ः “अझै केही दिन लाग्छ”

३ बैशाख, सुनसरी । सुनसरीकोे भोक्राहा गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण गरेको छैन । सरकारले स्थानीय तह मार्फत बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्न जिम्मा दिएर नेपाल भरीकै अधिकाङ्स स्थानिय तहहरुले पहिलो चरणमा राहत वितरण गरीसकेका छन् । तर भोक्राहा गाउपलिकाले एक जना स्थानियलाई पनि राहत बाढ्न सकेको छैन । राहत आएर गोदाममा थन्किएको छ । यता बिपन्न बर्ग भने भोक भोकै..

बर्जु गाउँपालिकाले बाढ्यो ६ हजार परिवारलाई खाद्यान्न राहत

२ वैशाख, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले ६ हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडागत विपन्न परिवारहरुको पहिचान गरेर राहत वितरण गरिएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले बताउनुभयो । उहाँका अनुसार विपन्न गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको सो राहत खाद्यान्न सामाग्री वितरण गरिएको हो । भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी वडागत रुपमा राहत वितरणको क्रम थालिएको गाउँपालिकाले जनाएको..

सुनसरीको इटहरी अस्पतालमा आरडिटी टेस्ट सुरु

२ बैशाख, सुनसरी । इटहरी अस्पतालमा कोरोना भाइरसको आरडिटी टेस्ट सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट सुरु गरिएको जनाईएको छ । आज सोमवार दिउसो सम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको उहाँले बताउनुभएका छ । ईन्चार्ज धमलाका अनुसार द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । उहाँले भन्नुभयो “परिक्षणले..

लकडाउन वैशाख १५ सम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

२ वैशाख, काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधि थप गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय भोली बुधबार सकिँदैछ । तर कोभिड १९ को संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले लकडाउन अवधी वढाउने निर्णय गरेको हो..

लकडाउनका कारण खरबुजा खेती गर्ने कृषकको बिल्लीबाठः “बैँकको ऋण कसरी तिर्ने !”

२ वैशाख, झापा । विश्व महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फलिन नदिन सरकारले जारी गरेको वन्दावन्दीका कारण झापाका दक्षिणी क्षेत्रका खरबुजा खेती गर्देआएका कृषकहरु मारमा परेका छन् । तिन साता देखी लगाईएको वन्दावन्दीका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका गाउँपालिका वडा नं. १ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा..

धरानको पानवारीमा एक व्यक्ति मृत फेला

२ बैशाख,  सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ स्थित पानवारीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पानवारीमा विगत लामो समय वेवारीसे अवस्थामा सडकमा नै बस्ने अन्दाजी ५९ वर्षिया विनोद राई नाम गरेका व्यक्ति मृत फेला परेका हुन । धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवनसिं बस्नेतका अनुसार मंगलबार राती पानवारीको कलबोट नजिकैको मान्छे नबस्ने खाली घरमा ति व्यक्ति मृत अवस्थमा फेला परेका हुन् । उनको..

इलामका विपन्न परिवारलाई इलामेली समाज दक्षिण कोरीया राहत

२ वैशाख, इलाम । विगत तिन साता देखी जारी लकडाउनका कारणका रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलामेली समाजले राहत वितरण गरेको छ । विपन्न परिवारलाई समाजले पहिचान दक्षिण कोरियाको आर्थिक सहयोगमा इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का विपन्न परिलाई १९ सय केजी चामल सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको बताईएको छ । ७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र..

लकडाउन अवधिभर निःशुल्क एम्वुलेन्स सेवा

२ वैशाख, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर एम्बुलेन्स सेवालाई निशुल्क बनाएको छ । हृदयाघात, मुटुरोगी, मिर्गाैलारोगी लगायतका बिरामीलाई अस्पताल आउजाउ गर्न निःशुल्क एम्वुलेन्स सेवा दिईने निर्णय भएको जनाईएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा उपलब्ध गराईने छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न..

प्रधानमन्त्री ओलीको नाममा प्रतिष्ठान, शेखपछि सवै सम्पती प्रतिष्ठानलाई दिने

२ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा प्रतिष्ठान दर्ता गर्नुभएको छ । उहाँले आफू निकटका नेताहरूलाई यसको जानकारी गराउनुभएको छ । स्रोतका प्रधानमन्त्री ओलीले प्रम हुनुअघि नै सो प्रतिष्ठान दर्ता गराउनुभएको हो । प्रतिष्ठानको दर्ता प्रधानमन्त्री हुनु अगाव नै गराएको भएपनि त्यसको जानकारी हालैमात्र उहाँ निकटका नेताहरुलाई गराईएको ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक स्थायी समिति सदस्यले जनाउनुभयो ।..