सुनसरीको इटहरी अस्पतालमा आरडिटी टेस्ट सुरु

सुनसरीको इटहरी अस्पतालमा आरडिटी टेस्ट सुरु

२ बैशाख, सुनसरी । इटहरी अस्पतालमा कोरोना भाइरसको आरडिटी टेस्ट सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट सुरु गरिएको जनाईएको छ ।

आज सोमवार दिउसो सम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको उहाँले बताउनुभएका छ । ईन्चार्ज धमलाका अनुसार द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ ।

उहाँले भन्नुभयो “परिक्षणले एण्टीबडी देखाए पोजेटिभ र देखाएन भने नेगेटिभ हुन्छ ।” मानिसको शरीरमा कुनै भाइरस प्रबेश गरेपछि शरीरले त्यस्ता संक्रमणसँग लडन प्रतिरोधी संयन्त्र एन्टिबडी निर्माण गर्दछ । सोहि अवस्थाको जाच गर्नका लागि आरडिटी टेस्ट सुरु गरिएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर