३ बैशाख, सुनसरी । सुनसरीकोे भोक्राहा गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण गरेको छैन ।
सरकारले स्थानीय तह मार्फत बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्न जिम्मा दिएर नेपाल भरीकै अधिकाङ्स स्थानिय तहहरुले पहिलो चरणमा राहत वितरण गरीसकेका छन् । तर भोक्राहा गाउपलिकाले एक जना स्थानियलाई पनि राहत बाढ्न सकेको छैन । राहत आएर गोदाममा थन्किएको छ । यता बिपन्न बर्ग भने भोक भोकै जीवन चलाउन बाध्य छन् ।
भोक्राहा गाउँपालिकामा कसैले पनि राहत नपाएको स्थानीय नागरिक अगुवा रमेश यादव बताउछन् । राहत गोदाममा आएको धेरै दिन भएपनि त्यो कहाँ छ ? अत्तोपत्तो नभएको उनि बताउछन । सिमा क्षेत्रसंग नजिक रहेको उक्त गाउपलिकामा अधिकांश नागरिक बिपन्न रहेको तर दोस्रो चरणको राहत पाउने बेलासम्म पनि पहिलो चरणमा नै वितरण गर्नुपर्ने राहत पाएका छैनन् । यत्तिकै त हामीलाई टार्ने होईन ? भन्ने डर रहेको उनि सुनाउछन ।
गाउँपालिका अध्यक्ष महेन्द्र यादब भने सामान पोका बनाउन ढिला भएर बाड्न नसकेको बताउनुहुन्छ । राहत वितरण गर्न अझै २¬÷३ दिन लाग्ने उहाँ बताउनुहुन्छ । नागरीक भोकै भएको बेला जतिसक्दो चाडो राहत वितरण गर्नुपर्ने तर उहाँ सजिलो तरिकाले केहि दिन अझै लाग्ने बताउनुहुन्छ ।