३ बैशाख, सुनसरी । बर्जु गाउँपालिका वडा नं. ५ मा एक महिलाले आफ्नै शरिरमा आगो लगाउदा घाईते भएकी छिन् । वडा नं. ५ लप्टोलियाकी स्थानिय ३२ बर्षीया धनमाया भट्टराईले साानन्य घरायसी विवाद्मा आफ्नै शरिरमा आगो लगाएकी हुन् ।
मंगलवार राती साँढे ११ बजेको समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएको प्रहरी जनाएको छ ।
घाईतेलाई उपचारका लागी कोशी अस्पताल बिराटनगर लगिएको र अन्य थप विवरण आउन वाकी रहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।