२ वैशाख, काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर एम्बुलेन्स सेवालाई निशुल्क बनाएको छ । हृदयाघात, मुटुरोगी, मिर्गाैलारोगी लगायतका बिरामीलाई अस्पताल आउजाउ गर्न निःशुल्क एम्वुलेन्स सेवा दिईने निर्णय भएको जनाईएको छ ।
लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा उपलब्ध गराईने छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न लागिएको जनाईएको छ ।
उहाँका अनुसार सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था पनि गरेको छ ।