लकडाउन वैशाख १५ सम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

लकडाउन वैशाख १५ सम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

२ वैशाख, काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधि थप गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि बढाउने निर्णय गरेको हो ।

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय भोली बुधबार सकिँदैछ । तर कोभिड १९ को संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले लकडाउन अवधी वढाउने निर्णय गरेको हो ।

हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हिजो सोमबार पनि कैलाली र रौतहटमा एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर