गैरीगंञ्ज–३ वडा कार्यलयद्धारा स्थानियको कोरोना विमा गरिदैँ

गैरीगंञ्ज–३ वडा कार्यलयद्धारा स्थानियको कोरोना विमा गरिदैँ

२१ भाद्र, झापा । झापाको गैरीगंञ्ज गाउँपालिका वडा नं. ३ ले स्थानियहरुका लागि रु एक लाख रूपैयाँको कोरोना विमा गरिदिने भएको छ ।
वडा नं. ३ भित्रका ईच्छुक सर्वसाधारणको पीसीआर परिक्षण सहित कोरोना विमा गरिदिने वडाकार्यलयले निर्णय गरेको वडाध्यक्ष मखना महताले जानकारी दिनुभयो ।

गौरीगंज गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि पहिलो चरणमा वडा नं. ३ भित्रका ५० जना सर्वसाधारणको पीसिआर परिक्षणसहित एक लाख रूपैयाँको कोरोना विमा गरिदिएकोे वडाध्यक्ष महतो जानकारी दिनुभयो । कोरोना विमा गर्ने कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

विमाको लागि ईच्छुक सर्वसाधारणले नागरिकताको फोटोकपि र ३ सय २० रूपैयाँ वार्ड कार्यालयमा बुझाउनु पर्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर