सुनसरीमा कार्यरत ९७ जना प्रहरी कोरोना संक्रमित, अनलाईनबाट सेवा सुरु

सुनसरीमा कार्यरत ९७ जना प्रहरी कोरोना संक्रमित, अनलाईनबाट सेवा सुरु

२१ भाद्र, सुनसरी । सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा खटिएका ९७ जना नेपाल प्रहरीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि टेलिफोन र अनलाइनबाट सेवा प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यस्थलमा खटिएका प्रहरीलाई नै कोरोनाको सङ्क्रमण भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवा प्रवाह रोकिएको छ ।

प्रहरीको हिरासतमा रहेको अभियुक्त तथा र चमेना गृह संञ्चालन गरीरहेका व्यक्तिमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवा रोकिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिनुभयो ।

थापाले भन्नुभयो–‘समाजमा आघात पुग्ने गम्भिर प्रकृतिका केसहरू लिन्छौ तर सामान्य झैँ–झगडा तथा छलफलबाट समाधान हुनसक्ने केसहरू लिएका छैनौँ ।’ टेलिफोन र अनलाइनबाट पनि प्रहरीले सेवा प्रवाह गरिरहेकाले केही केशहरु त्यहीबाट पनि लिन सकिने भएकाले सकेसम्म कार्यालयमा नआउन आग्रह उहाँले गर्नुभयो ।

कोरोना सङ्क्रमण भएका प्रहरीहरू आइसोलेसनमा रहेका छन् । हालसम्म सुनसरीमा ९७ जना प्रहरीहरूलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर