समाज

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती
१६ फाल्गुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेर देखाउन चुनौती दिनुभएको छ । झापाको तिन स्थानिय तह (दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका)मा बन्ने औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले संसदबाट अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनुभएको हो । देशमा अहिले विकासका कार्यले गति लिएका कारण आफ्नै पार्टी भित्रबाट अन्र्तघात भएको उहाँले बताउनुभयो । प्रचण्ड र माधव नेपाल पदलोलुप भएको पनि उहाँले..

प्रवासी संजाल चुलाचुलीको अभियानमा एम्बुलेन्स सेवा सुरु
१६ फाल्गुन, इलाम । इलामको चुलाचुली घर भई वैदेशिक रोजगारीको क्रममा विदेशमा गएका नेपालीहरुले आर्थिक रकम संकलन गरेर एम्बुन्स खरिद गरेका छन् । प्रवासी संजाल चुलाचुलीले रु १० लाख ४२ हजार दुई सय २२ रुपैयाँको लागतमा नयाँ एम्बुलेन्स खरिद गरेको हो । चुलाचुली ३ स्थित किरातेश्वर मा.वि.को प्राङ्गणमा शनिवार एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स सेवा सुचारु बारे जानकारी गराईएको छ । कार्यक्रममा एम्वुलेन्स खरिद अभियानमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाईलाई..

प्रमुख आयुक्त राईको उद्घोषः भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि हट्दिन !
१६ फाल्गुन, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । घट्टेकुलो समाजले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी..

झापामा २० करोडको लगानीमा रबर उद्योग संञ्चालन हुँदै
१५ फाल्गुन, झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा पनि रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा कनकाई रबर इन्डस्ट्रिज संञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपटक परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो । हाल..

नेपाललाई ‘अति कम विकसित’ राष्ट्रबाट ‘विकासशील’ राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस
१५ फाल्गुन, काठमाण्डौँ । संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । राष्ट्र संघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । सो समितिले हरेक तीन वर्षमा गर्ने समीक्षाका लागि बैठक यही वर्षको फेब्रुअरी २२ देखि २६ सम्म बसेको र सो बैठकमा नेपालले स्तरोन्नतिका लागि..

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’
१४ फाल्गुन, काठमाण्डौँ । मस्तिष्कघात भएर नर्भिक अस्पताल भर्ना गरिएका कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’ बन्दै गएको छ । अहिले भेन्टिलेटरमा राखेर उपचार उहाँको भइरहे पनि सुधारको कुनै संकेत नदेखिएको अस्पताल स्रोतले जनाएको छ । ‘उहाँको स्वास्थ्यका सूचकहरु राम्रा छैनन, जतिबेला जे पनि हुन सक्छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार जोशी पूर्ण अचेत अवस्थामा नै छन् । अस्पतालले केही बेरमा उहाँको स्वास्थ्यबारे औपचारिक जानकारी गराउने..

प्रतिनिधिसभा पुनस्र्थापना पछि आज मन्त्रिपरिषदको बैठक बस्दै
१४ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बोलाइएको हा । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फाल्गुन ११ गतेको सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।

देशलाई समृद्ध बनाउने अभियानबाट पछि नहट्ने प्रधानमन्त्री ओलीको उद्घोष
१३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभियानबाट आफू कहिल्यै पछि नहट्ने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई समृद्ध बनाउनु जरुरी रहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र यान्त्रिकरणबाट उत्पादन बढाउन सकिने र कम जनशक्तिको प्रयोगबाट धेरै काम गर्न सकिने भएकाले त्यसतर्फ वर्तमान सरकार लागिरहेको बताउनुभयो..

नेकपाको नाम विवादमा सर्वाेच्चले फाल्गुन २० गते फैसला गर्ने
१३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फाल्गुन २० गते फैसला गर्ने भएको छ । आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फाल्गुन २० गतेलाई तोकेको सर्वाेच्च अदालतका एक अधिकारीले बताए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर..

केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली
१० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्ने उद्घोष गर्नुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको र मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा..