सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता

१९ फाल्गुन, काठमाण्डौँ । सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता आज साँझ भएको जानकारी दिनुभएको छ । यसअघि आज विहानै पहिलो चरणको वार्ता भएको थियो । वार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ ।  

ताप्लेजुङको ठूलो दोभान बजारमा भिषण आगलागी, ३५ घर जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर

१८ फाल्गुन, ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडन नं. ३ मा रहेको जिल्लाकै दोस्रो ठूलो दोभान बजारमा आगलागी भएको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताउनुभयो । आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको छ । उहाँले भन्नुभयो, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ ।”..

प्रधानमन्त्री ओली आज झापा आउनुहुदैं (कार्यक्रम तालिका)

१८ फाल्गुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउनुहुदैछ । गृह जिल्लाका दुई कार्यक्रम र मोरङको एक कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली काठमाडौं फर्किने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष ओली काठमाडौंबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट भद्रपुर आउनुहुने छ । गृह जिल्लामा पहिलो कार्यक्रम विर्तामोड नगरपालिकाले ७ मा निर्माण गरेको प्रदेश गौरभ भिलेजको समुद्घाटन गर्नुहुने छ । प्रदेश गौरभ भिलेज विर्तामोड नगरपालिकाले..

कस्तो हुन्छ प्रधानमन्त्रीको सुरक्षा घेरा ?

१८ फाल्गुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शुरक्षाबारे खतरा रहेको बताउनुभएको छ । आफुमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई सुझाउनुभएको छ । सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताउनुभयो । प्रधानमन्त्रीको यस..

प्रधानमन्त्री ओली भोली मंलवार उर्लावारी आउनुहुदैं

१७ फाल्गुन, उर्लावारी । प्रधानमन्त्री केपी शर्मा ओली भोली मंलवार मोरङको उर्लावारी आउनुहुने भएको छ । शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा बनाउन लागेको सन्थाल जातिको एकीकृत बस्ती शिलान्यासका लागि प्रधानमन्त्री ओली उर्लावारी आउनुहुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ । यही भोली प्रधानमन्त्री ओलीले सो बस्ती शिलान्यास गर्ने कार्यक्रम छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा ३०..

मुलुककै सवैभन्दा ठूलो औद्योगिक पार्कको प्रधानमन्त्रीद्धारा शिलान्यास (फोटो फिचर)

१६ फाल्गुन, झापा । झापाको दमक नगरपालिका–कमल गाउँपालिका र गौरादह नगरपालिकामा बन्ने नेपाल–चीन मैत्री नेपालकै सवैभन्दा ठूलो औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । करिव २१ सय विगाहा क्षेत्रमा निर्माण हुने भनिएको चिन–नेपाल मैत्री पार्कको उहाँले आईतवार शिलान्यास गर्नुभएको हो । त्यस्तै उहाँले आईतवार नै मदन भण्डारी राजमार्गमा पर्ने करिव ३० वटा पुलको एकैसाथ शिलान्यास गर्नुभएको छ । उहाँले झापा विभिन्न क्षेत्रमा निर्माण सम्पन्न भएका अन्य ४..

सर्वाेच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोक्योः संञ्चारमन्त्री गुरुङ

१७ फाल्गुन, काठमाण्डौँ । सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वाेच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको बताउनुभएको छ । आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । संसद विघटनसम्बन्धी मुद्दामा सर्वाेच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने उहाँले उल्लेख गर्नुभयो । सर्वाेच्चको फैसलापछि आफूहरु पनि के गर्ने..

राष्ट्रपति भण्डारीद्धारा फाल्गुन २३ गतेका लागि संसद अधिवेशन आह्वान

१७ फाल्गुन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले सरकारको सिफारिसअनुसार सोमबार फाल्गुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिनुभयो । केहीबेरमै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति जारी हुने उहाँको भनाइ छ..

नेपालमा विकाशको मुल फुटेको छः मन्त्री नेम्वाङ

१६ फाल्गुन, झापा । भौतिक पूर्वधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालमा विकाशको मुल फुटेको बताउनुभएको छ । झापाको दमक नगरपालिका–कमल गाउँपालिका र गौरादह नगरपालिकामा बन्ने चिन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले सो कुरा बताउनुभएको हो । नेपाका केही नेताहरुले देशलाई अस्थितरता तर्फ लैजान खोजे पनि देशमा विकाश निर्माणको कार्य भने नरोकिएको उहाँले बताउनुभयो । “सुखी नेपाली समृद्ध नेपाल” निर्माणको आकांक्षा पुरा गर्न अहिलेको सरकार पुर्वाधार निर्माण..

योङहाङ समाजले वडासम्म आफ्नो संगठन विस्तार गर्ने

१६ फाल्गुन, इलाम । योङहाङ समाज इलामले केन्द्रदेखि वडासम्म आफ्नो संगठन विस्तार गर्ने भएको छ । हिजो सम्पन्न समाजको प्रथम साधारण सभाबाट सो निर्णय पारित गरेको हो । समाजको विधान संशोधन गरी सो कार्यको लागि अगाडी बढ्ने समाजले बाटो खोलेको हो । आदिवासी लिम्बुहरुमध्ये योङहाङ थरका लिम्बूहरुको संख्या नेपालमा विशिष्ठ स्थानमा रहेको पाइन्छन् । इलाम जिल्लामा समेत योङहाङहरुको विशिष्ट स्थान रहेको छ । हाल इलाममा योङहाङ समाज इलाम नामक संस्था..