१४ फाल्गुन, काठमाण्डौँ । मस्तिष्कघात भएर नर्भिक अस्पताल भर्ना गरिएका कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’ बन्दै गएको छ । अहिले भेन्टिलेटरमा राखेर उपचार उहाँको भइरहे पनि सुधारको कुनै संकेत नदेखिएको अस्पताल स्रोतले जनाएको छ ।
‘उहाँको स्वास्थ्यका सूचकहरु राम्रा छैनन, जतिबेला जे पनि हुन सक्छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार जोशी पूर्ण अचेत अवस्थामा नै छन् । अस्पतालले केही बेरमा उहाँको स्वास्थ्यबारे औपचारिक जानकारी गराउने तयारी गरेको छ ।
शरीरका अंगहरु नचलेपछि आज बिहान २ः४० मा जोशीलाई उपचारका अस्पताल ल्याइएको थियो । उपचारका क्रममा तत्काल मस्तिष्कमा ड्रिल गरेर ड्रेन राखिएको छ । तर, त्यसले कुनै सुधार देखिएको छैन ।