झापामा अहिलेसम्म ४५ हजारभन्दा बढीले कोभिड विरुद्धको खोप लगाए

९ चैत्र, झापा । झापामा अहिलेसम्म ४५ हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । उनीहरुले सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ । झापामा ८ नगरपालिका र ७ गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा..

लिम्बू विद्यार्थी मंञ्च इलामको आयोजनामा लोक सेवा तयारी कक्षा सुरु

७ चैत्र, इलाम । लिम्बू विद्यार्थी मंञ्च इलामको आयोजनामा लोक सेवा आयोग तयारीको १५ दिने निशुल्क कक्षा सुरु भएको छ । शुक्रबार चैत्र ६ गते मंञ्चको २३ औँ स्थापना दिवशको अवसर पारेर तयारी कक्षाको उद्घाटन गरिएको हो । तयारी कक्षाको उद्घाटन मञ्चका केन्द्रिय उपाध्यक्ष रामकुमार लिम्बूले मैनबत्ति बालेर गर्नुभयो । चैत्र २१ गतेसम्म सञ्चालन हुने तयारी कक्षालाई पहिलो चरण रुपमा अगाडी सारिएको छ । पहिलो चरणको तयारी कक्षामा आईक्यू र..

दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपनुपर्छः राष्ट्रपति भण्डारी

३ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उहाँले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गर्नुभयो । ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपतिको..

सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचार गर्ने

२७ फाल्गुन, काठमाण्डौँ । सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा निःशुल्क उपलब्ध गराईने भएको छ । हाल मुलुकभरका २४ वटा अस्पतालबाट उपलब्ध हुँदै आएको कार्यक्रम विस्तार गर्ने उद्देश्यले नयाँ ‘जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको..

आज महाशिवरात्रि, शिवको पूजाराधना गरी आज देशभर मनाइँदै

२७ फाल्गुन, काठमाण्डौं । आज हिन्दुहरूको प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा..

झापाको मेचीनगरबाट लागूऔषध सहित दुई भारतीय महिला पक्राउ

२६ फाल्गुन, झापा । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टाबाट प्रतिबन्धित लागू औषध अफिमसहित दुई भारतीय महिला पक्राउ परेका छन् । लागु औषध नियन्त्रणव्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले वडा नम्बर ६ न्यु विशाल होटलबाट ति महिलाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्लाष्टिकको जेब्रा झोलाभित्र दुई वटा पोका बनाई लुकाई छिपाई लागू औषध राखेको..

तस्करी गरेर ल्याईदैं गरेको ब्रोइलर कुखुराको भिटामिन बरामद

२६ फाल्गुन, सुनसरी । भारतबाट तस्करी गरेर ल्याइएको ब्रोइलर कुखुरामा प्रयोग गरिने औषधिजन्य भिटामिन प्रहरीले विराटनगरबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका १६ स्थित केसलिया खोलानजिकबाट सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले मङ्गलबार दिउँसो भिटामिन बरामद गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार एक सय मिलीलिटर दरका चार सय ३३, दुई सय मिलीलिटरका एक सय ४८ र पाँच सय मिलीलिटरका..

विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

२६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिको नयाँ अध्यायमा प्रवेश गएको बताउनुभएको हो । उहाँले हिंसात्मक बाटोमा लागेका सबैलाई शन्तिपुर्ण मार्गमा ल्याउन सफल भएको उल्लेख गर्नुहुँदै हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय र..

प्रतिनिधिसभाको बैठक चैत्र ३ गते बस्नेगरि स्थगित

२६ फाल्गुन, काठमाण्डौँ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ । आजको बैठकमा शोक प्रस्ताव पारित गरेको थियो । बैठक सुरु भएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले शोक प्रस्ताव वाचन गर्नुभएको थियो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको हो । आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको थियो । त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि..

प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै, ७ वटा अध्यादेश पेस गर्ने कार्यसूची

२६ फाल्गुन, काठमाण्डौँ । पुनस्र्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ..