विशेष

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिने देउवाको भनाई
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् । उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका..

साउदी प्रो लिगमा रोनाल्डोको कीर्तिमान
१५ जेठ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा कीर्तिमान बनाएका छन्। रियादमा रोनाल्डोले दुई गोल गरेपछि अल–नासरले अल–इत्तिहादलाई ४–२ ले पराजित गरेको थियो। योसँगै उनले लिगमा गोल संख्या ३५ पुर्याएका छन्। पहिलो हाफको अन्तिम सेकेन्डमा रोनाल्डोले मोहम्मद अल फातिलको लामो पासलाई गोलमा परिणत गरेका थिए। खेल सकिन २१ मिनेट बाँकी छँदा मार्सेलो ब्रोजोभिकले कर्नरबाट दिएको बललाई गोल गर्दै पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डोले कीर्तिमान कायम गरे। त्यसको पाँच मिनेटपछि..

संक्रमणकालीन न्यायका बाँकी काम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्ड’को भनाई
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन तथा संक्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उनले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य पूरा भइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको समेत दाबी गरे ।..

ब्याटिङ नचल्दा वार्मअफ खेलमा नेपाल क्यानडासँग पराजित
१५ जेठ । ब्याटिङ नचल्दा क्यानडासँगको वार्मअफ खेलमा नेपाल पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा नेपाल ६३ रनले पराजित भएको हो। क्यानडाल दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा १२० रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। ३० बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। अनिलकुमार साह २४, आशिफ शेख २२ र कुशल भुर्तेल १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा..

आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त
१४ जेठ । बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो । तीनजनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ ।” आइतबार राति ‘रेमाल’..

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति
१४ जेठ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । ‘सबै संघसंस्था त्यो नाममा सहमत छन् । बोर्ड बैठकले निर्णय गरेर यसलाई मन्त्रालयमा पठाउनेछ,’ केसीले भने । नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर..

नेपालले क्यानडासँग आज पहिलो वार्मअप खेल खेल्दै
१४ जेठ । टी–२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।

मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु- सन्दीप लामिछाने
१४ जेठ । नेपालले टी–२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ । पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छु, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना..

नेकपा (एमाले) दमकको अध्यक्षमा रामप्रसाद पौडेल निर्वाचित
१४ जेठ । नेकपा (एमाले) दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार दोश्रो अधिवेशनको निर्वाचनबाट रामप्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नगर कमिटी अध्यक्षमा निर्वाचित पौडेलले खसेको कूल ३५८ मत मध्ये १६४ मत प्राप्त गरेर विजयी भए । युवा संघ दमकका पूर्व अध्यक्षसमेत रहेका पौडेलसंगै अध्यक्षका लागि भगवान बस्नेत, युवराज घिमिरे र सन्तोष दुलाल प्रतिस्पर्धीका रुपमा उत्रिएका थिए । पौडेलसंग प्रतिष्पर्धामा रहेका युवराज प्रतिष्ठित..

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार
१४ जेठ । तीन दशक बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा राष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारेको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने..