आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ- परराष्ट्रमन्त्री श्रेष्ठ

आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ- परराष्ट्रमन्त्री श्रेष्ठ

१३ जेठ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढाउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दै गरेको बताएका हुन् । उनले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरू खुला भएको बताए । त्यस्तै नेपालीहरू चीन जान भिसा निःशुल्क भएको पनि उनले उल्लेख गरे ।

उनले भने, ‘कोभिड अगाडिदेखि नै बन्द रहेका १४ वटा परम्परागत व्यापारिक नाकाहरू खुला भए । त्यस्तै नेपालीहरूलाई चीन जान भिसा निःशुल्क भएको छ । अरुपनि थुप्रै कामहरू भएको छ । अरू देशहरूसँग पनि अब हाम्रो आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ ।’

परराष्ट्रमन्त्री श्रेष्ठले आफूले परराष्ट्र मन्त्रीको रूपमा गर्नुपर्ने कामहरू अगाडि बढाइरहेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर