विशेष

५९ लाख नेपाली वैदेशिक रोजगारीमा
१४ जेठ । रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन् । यसमध्ये पुरुष ८६ दशमलव ४ प्रतिशत र..

काठमाडौंमा आगलागीबाट एक युवकको मृत्यु
१४ जेठ, काठमाडौं । टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएको प्रहरीले जनाएको छ । बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण..

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
१४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र खारेजी गर्न माग गरिएको छ । साथै अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव..

कांग्रेस भन्छ- प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, अन्य दल गम्भीर भएनन्
१४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको आरोप लगाएका हुन् । उनले भने, ‘सत्ता पक्षले प्रस्तावमा सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योल..

माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा मातृका यादव चयन
१४ जेठ । नेकपा माओवादी केन्द्रले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा उपमहासचिव मातृका यादवलाई चयन गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले यादवलाई मोर्चाको फ्याक्सन इन्चार्जको जिम्मेवारी दिइएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएका छन् । यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य निमानन्द रिजाललाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । यस्तै प्रवास समन्वय समितिको सिफारिस अनुसार गोरखाको पालुङ्गटार नगरपालिका वडा नं– २, का प्रवास..

पार्टीका नेतामाथि भएको कारबाहीसम्बन्धी निर्णयबाट ब्याक भए राजेन्द्र लिङ्देन
१४ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीका तीन जना नेतामाथि भएको कारबाहीसम्बन्धी निर्णयबाट ब्याक भएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने बहुमत केन्द्रीय सदस्यहरुले प्रेम बलायर, ऋद्दि राणा र निराजन बमलाई चार वर्षको लागि निलम्बन गर्ने अध्यक्षको निर्णय गलत भएको भन्दै तीव्र आलोचना गरेका थिए । साढे दुई महिनाअघि पार्टी कार्यालयमा नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपातमा संलग्न भएको भन्दै पार्टीको अनुशासन समितिको सिफारिसमा अध्यक्ष लिङ्देनले तीनै जनालाई..

डेङ्गुबाट ३३ जनाको मृत्यु
१४ जेठ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार ६ सय २८ सङ्क्रमित भएकोमा ३३ व्यक्तिको मृत्यु भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा डेङ्गुबाट कुल ५४ हजार ५ सय ६१ सङ्क्रमित भएकोमा ८८ व्यक्तिको मृत्यु भएको थियो । यस अवधिमा डेङ्गु..

सिरोहियालाई अदालत उपस्थित गराइँदै
१४ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए । सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो । यसअघि अदालतले उनलाई दुई पटक ३–३ दिनको म्याद दिएको थियो ।

कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि
१४ जेठ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२..

सत्तापक्ष र विपक्षको संयुक्त बैठक बालुवाटारमा जारी
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसमेत छन् । छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी..