सुहाङलाई एमाले कानून विभागको जिम्मेवारी दिइएपछि असन्तुष्टि

१ चैत, इलाम । केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन बनेको छ । यही पृष्ठभूमिमा आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने भन्ने कुराले चर्चा पाएको छ । अहिले नयाँ गठबन्धनका दलले उप–निर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्ला–बेग्लै उम्मेदवार दिने भन्ने निर्णय गरिसकेका छैनन् ।..

नवोदय सहकारी संस्था शिबगन्ज सेवा केन्द्रद्वरा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

१ चैत, शिबगञ्ज । झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्जस्थित सेवा केन्द्रद्धारा वुधबार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगले नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले शिबगन्जमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्ज सेवा केन्द्रका संयोजक सन्तोष कुमार ईजमका अनुसार संस्थाको वार्षिक कार्यक्रम सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधी अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका सदस्यलाई लक्षित गरेर..

नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन

१ चैत, धरमपुर । नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको शिवसताक्षीका लागि दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । कार्की, शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयका प्रधानध्यापक हुन् । त्यस्तै, समितिको सहअध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा खगेन्द्रराज बजगाईं, महिला उपाध्यक्षमा सीता चापागाईं चयन भएका हुन् । त्यस्तैगरी, सचिवमा हेतिराज निरौला, सह सचिवमा जगतवीर लिम्बु, सह सचिव (महिला) मा चक्रकुमारी लुइटेल..

बिर्तामोडकाे आरआर पोलिक्लिनिकमा मानसिक रोगीका लागि आजदेखि निःशुल्क स्वास्थ्य शिविर

१ चैत, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक रोगीका लागि आजदेखि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । पोलिक्लिनिकले बुधवार बिर्तामोडस्थित पोलिक्लिनिकमा पत्रकार सम्मेलन गरेर शिविर आयोजनाका बारेमा जानकारी दिएको थियो । पछिल्लो समय मानसिक रोगीको संख्या बढ्दै गएकाले आरआर पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको पोलिक्लिनिक सञ्चालक महेन्द्रबहादुर राईले जानकारी दिए । उनका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना..

राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सात जना खेलाडी

१ चैत । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार अभिषेक बराल, हिसुब थपलिया, विशाल बस्नेत र उत्सव राई बिर्तामोडका हुन् । त्यस्तै, अनन्त तामाङ र सौभाग्य राई (सञ्जीत) शिवसताक्षी नगरपालिकाका हुन् भने..

शिवसताक्षीमा नगर विकासको साझेदार बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

१ चैत, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालु आवमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गराइएका विकासका कामहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको हो । जिल्लाका १५ वटा स्थानीय तहमध्ये शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । नगरका कुल ११ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको..

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

१ चैत । कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा अछाको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगररेको नेपाली राजदूतावास कुवेतले जनाएको छ। मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत..

प्रतितोला १ लाख २५ हजार ८०० पुग्यो सुनको मूल्य

१ चैत । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख २५ हजार ८०० कायम भएको छ। बुधबार प्रतितोला एक लाख २५ हजार थियो। त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँले वृद्धि भई प्रतितोला एक लाख २५ हजार २०० कायम भएको छ। बुधबार एक लाख २४ हजार ४०० रुपैयाँ थियो। चाँदीको पनि..

मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुन्छ: अध्यक्ष ओली

१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुने बताएका छन् । बिहिबार विश्व मिर्गौला दिवसका अवसरमा आफ्नो सामाजीक सञ्जालमार्फत अध्यक्ष ओलीले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका हुन् । उनले लेखेका छन्,‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु’, । ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ ‘प्रत्यारोपण गर्नु धेरै..

आज विदेशी मुद्राको विनिमय दर

१ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको तथ्यांकअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर..