
१ चैत । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख २५ हजार ८०० कायम भएको छ। बुधबार प्रतितोला एक लाख २५ हजार थियो।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँले वृद्धि भई प्रतितोला एक लाख २५ हजार २०० कायम भएको छ। बुधबार एक लाख २४ हजार ४०० रुपैयाँ थियो।
चाँदीको पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भई एक हजार ५१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७