इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्रलाई पर्यटकीय हव बनाइने

३ चैत, पाँचथर । लोपन्मुख वन्यजन्तु तथा जडिबुट्टि पाइने सुकेपोखरी लोहाकील क्षेत्र बिगत १५ बर्षदेखि सुर्याेदय स्थल, गुराँस क्षेत्र र हिउ खेल्ने प्रमुख क्षेत्र भएको छ । मौसम अनुसार त्यहाँबाट हिमाल, अन्य पहाडहरु तथा तराईका मनमोहक दृश्यवालोकन गर्न सकिने थलोको रुपमा परिचित भएको छ । इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्र पर्यटकीय हव बनाउन लागिएको हो । इलाम नगरपालिका ३ नम्बर वडा र पाँचथर जिल्लाको फिदिम नगरपालिका..

इलाम २ उपनिर्वाचनः पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाउने

३ चैत, इलाम । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको..

ऐतिहासिक स्थल सुम्हालुङ परिषर निर्माण हुँदै, फिदिम नगरपालिकाबाट बजेट विनियोजन

३ चैत, पाँचथर । ऐतिहासिक पर्यटन क्षेत्र विकास गर्न प्रदेस सरकार र फिदिम नगरपालिकाले बजेट विनियोजन गरेर सुम्हालुङ गढियक निर्माण भइरहेको छ । विगत बर्षमा जिल्ला विकास समिति र सङ्घीय पुनसंरचनापछि प्रदेस सरकारबाट पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को गढिमा रहेको ऐतिहासीक सुम्हालुङ निर्माण गरिएको हो । त्यस स्थान पुग्ने सडक, सिढिमार्ग र सुम्हालुङ परीषर निर्माण गरेर संरक्षण तथा प्र्रर्वदनको काम भएको वडा अध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए..

कमल नगर जेसीसको आयोजनामा ‘जनतासँग न्यायपालिका’ विषयक अन्तरक्रिया सम्पन्न

३ चैत, पाडाजुङ्गी (कमल) । झापाको कमल नगर जेसीसको आयोजनामा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । कमल गाउँपालिका न्यायिक समितिको सहयोगमा सम्पन्न कार्यक्रममा छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख, न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध स्थापना गर्ने समेत प्रयास भएको छ । कार्यक्रममा छिमेकी पालिकाका न्यायिक गतिविधिहरू बारे एकापसमा जानकारी आदान प्रदान गरिरएको थियो । न्यायिक समितिमा उजुरी पेश गर्दा आवश्यक कागजातको तयारी कसरी गर्ने भन्ने विषयमा जानकारी..

फुट्यो बाबुरामको पार्टी, माओवादीसँग एकता गर्न यादव समूहले गर्‍यो सहमति

३ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजन भएको छ। डा बाबुरामको सहमतिबिना नै पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि पार्टी फुटेको हो। माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ। दल एकताका प्रक्रिया टुंग्याउन माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ..

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्। राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराएका हुन्। उनले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि..

आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

३ चैत, काठमाडौं । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराएकी हुन् । उनले भनिन्, ‘सरकार यो प्रकरणमा कोही पनि दोषी छुट्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिइसक्नु..

गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा भाचिँएर लाग्दा श्रीमतीको मृत्यु

३ चैत, धनकुटा । धनकुटामा रुखको हाँगा भाचिँएर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ सल्लेरीमा बिहिबार अपरान्ह करिब ४ बजे सडकको भित्तामाथि रहेको शिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा–१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो । उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । धनकुटाबाट हिले जाँने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कासी रुखको हाँगा खसेर टाउको र..

बिर्तामोडमा सप्तक संगीत विद्यालयको आयोजनामा वसन्तोत्सव कार्यक्रम हुँदै

३ चैत, बिर्तामोड । झापाको बिर्तामोड– ५ एकताटोलस्थित सप्तक संगीत विद्यालयको आयोजनामा वसन्तोत्सव कार्यक्रमको तयारी गरिएको छ । गीत संगीतको विकास र पवद्र्धनमा समर्पित सप्तक संगीत विद्यालयको आयोजनामा आगामी चैत्र ५ गते शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रम गरिने भएको सप्तक संगीत विद्यालयका संस्थापक, प्रशिक्षक एवं अध्यक्ष सरोज वत्सले बताए । बिर्तामोड सिटीसेन्टरको साईपार्टीप्यालेसमा हुने कार्यक्रममा नेपाली संगीतको विश्व प्रख्यात व्याण्ड सुकर्मको विशेष प्रस्तुतिका साथै अन्य कलाकारहरुको सांगीतिक प्रस्तुति रहने उनले..

कांग्रेसले लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा गृहमन्त्री रवि

३ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताएका छन् । शुक्रबार सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै कांग्रेस सांसदले सदनमा अवरोध गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सदनमा मौका पाउनेबित्तिकै आफूमाथि उठाइएको प्रश्नसहित ‘कांग्रेसलाई नौ मिनेट १८ सकेन्ड पढाउने इच्छा’ रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनका पक्षमा काम गर्दै..