मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुन्छ: अध्यक्ष ओली

मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुन्छ: अध्यक्ष ओली

१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुने बताएका छन् ।

बिहिबार विश्व मिर्गौला दिवसका अवसरमा आफ्नो सामाजीक सञ्जालमार्फत अध्यक्ष ओलीले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका हुन् ।

उनले लेखेका छन्,‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु’, । ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ ‘प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डाइलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ,’ उनले अगाडि लेखेका छन्, ‘मिर्गौला जोगाउन हामी आफैँ सजग हुनुपर्छ, डाइलासिस त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ ।’

उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको बताए।

प्रतिक्रिया:

सम्बन्धित खवर