शिवसताक्षीमा नगर विकासको साझेदार बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

शिवसताक्षीमा नगर विकासको साझेदार बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

१ चैत, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालु आवमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गराइएका विकासका कामहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको हो ।

जिल्लाका १५ वटा स्थानीय तहमध्ये शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए ।

नगरका कुल ११ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७७ जनाले रोजगारी पाएका छन । नगरपालिका भित्रका श्रमिक बेरोजगारको सूचीमा थुप्रै सूचीकृत थिए । छनौटका आधारमा प्रत्येक वडाबाट ७–७ जनाले रोजगार प्राप्त गरेका छन् । यो कार्यक्रम मार्फत सरकारले बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षभित्र कम्तीमा पनि एक सय दिनको रोजगारी सुनिश्चित गर्नेछ ।

कम्तीमा १०० दिन बराबरको रोजगारी प्रदान गर्ने योजना अनुरुप उनीहरुले ११ वटै वडामा सञ्चालित विभिन्न योजनाहरुसँग सम्बन्धित भएर कार्य गर्दै आएका छन् ।

श्रमिकले दैनिक ६ सय ६८ रुपैयाँ ज्याला प्राप्त गर्नेछन् । अधिकांश कामदार आर्थिक अवस्था ज्यादैं न्यून भएका महिला छन । यसले सामान्य ज्याला मजदुरी गर्न सक्नेलाई समेटेको छ । यो कार्यक्रमबाट नगरका सामाजिक आर्थिक रुपमा पिछडिएका व्यक्तिहरु आत्मनिर्भर बन्न सकेका छन् ।

शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ का ज्यालाका लागि ४० लाख ८ हजार रुपैयाँ सशर्त अनुदान आएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले प्रधानमन्त्री कार्यक्रमलाई वडाले ५० लाख बराबरको आयोजनाहरुमा साझेदारी गरी काम गरेको बताए । वडाहरुमा विनियोजित रकमबाट बेरोजगार नागरिकहरु रोजगारी बनुन् र नगरको पूर्वाधार विकासमा पनि स्थानीय जनताको योगदान रहोस भन्ने उद्देश्य रहेको नगरप्रमुख थोप्राको भनाई छ ।

प्रधानमन्त्री कार्यक्रम अन्तर्गत सार्वजनिक महोत्वका पूर्वाधारहरुको मर्मत सम्भार, संरक्षण, बाटो निर्माण, तटबन्धन, सिँचाई कुलो सफा गर्ने, विद्यालय, मन्दिर सरसफाइ गर्ने, गोरेटो बाटो निर्माण गर्ने जस्ता काम भइरहेको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री मन्त्री रोजगार माफर्त गराइएको कामको अनुगमनका क्रममा नगर उपप्रमुख नरमाया कार्कीले शिवसताक्षी नगरपालिकाका वडा नं. १० बाटो निर्माण लगायत अन्य वडाहरुमा गरिएको काम प्रभावकारी रहेको बताइन् । उनले यस कामले विकास निर्माण सँगै श्रमिकको सीप विकास र दक्षता समेत बढ्ने हुँदा आगामी वर्षहरुमा यस्ताकामहरुलाई अझ मत्हत्वका साथ नगरको नीति तथा कार्यक्रममा समावेश गरिने समेत जानकारी दिइन् ।

वडा नं. १०को श्रीजंगा चौक पश्चिम हिलिहाङ्ग मार्ग सम्म जाने बाटो हाल प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरुले काम गरिरहेको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए । नगरपालिकाले उक्त बाटो निर्माणका गरिएको स्टमेन्ट, रोजगार कार्यक्रम मार्फत गराउँदा बढी काम भएको र उपभोक्ता समिति र ठेक्का मार्फत गराइएको काम भन्दा गुणस्तरीय समेत रहेको वडाध्यक्ष सिगुको भनाई छ ।

बेरोजगार भएर हातमुख जोड्न नसकेकाहरुले काम पाएसँगै उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको यसमा काम गरिरहेका मजदुरहरुको भनाई छ ।

यता प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत वडा नं. ९ की जमुना पौडेलले महिलाहरुलाई पनि काममा समावेश गराएर राहत दिएको बताइन् । उनले नगरपालिकाले वर्षैभरी काम दिए आफ्ना छोरा छोरीहरुलाई विद्यालय पठाउन र घर खर्चमा सहयोग हुने बताइन् । उनले भनिन् हामी महिलाहरुलाई काम गर्न सक्दैनन भनेर कुनै काम दिइने गरेको छ्र्रैन । तर प्रधानमन्त्री रोजगार कार्यक्रमले हामीलाई काम सिक्ने मौका दिएको छ भने, एकमुष्ट रकम आउँदा आफ्नो घरको आवश्यकता पुरा गर्न सहयोग मिलेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएपछि नगरपालिकाले आ.व. २०८१र०८२ मा नगरक्षेत्र भित्र हुने भौतिक निर्माण तथा मर्मत कार्यमा स्थानीयलाई नै प्राथमिकता दिदै सूचिकरणको काम गरेको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270