नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन

नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन

१ चैत, धरमपुर । नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको शिवसताक्षीका लागि दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । कार्की, शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयका प्रधानध्यापक हुन् ।

त्यस्तै, समितिको सहअध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा खगेन्द्रराज बजगाईं, महिला उपाध्यक्षमा सीता चापागाईं चयन भएका हुन् । त्यस्तैगरी, सचिवमा हेतिराज निरौला, सह सचिवमा जगतवीर लिम्बु, सह सचिव (महिला) मा चक्रकुमारी लुइटेल न्यौपाने, सह सचिव (अर्थ) मा ज्ञानेन्द्रप्रसाद चपागाईं चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहहरुमा सावित्रा फुयल, कमल ढकाल, श्यामबहादुर खड्का, निर्मला भट्टराई, काजी पाठक, कमल बस्नेत, सूर्यमणी ताजपुरिया, रामप्रसाद मण्डल, दिलबहादुर ताजपुरिया, बासकी राजवंशी र खेमनाथ बराल रहेका छन् ।

निर्वाचिन समितिले आज शिवसताक्षीको दुधेमा एक कार्यक्रमगरी पद तथा गोपयिताको सपथ गराएको छ । सबै पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको निर्वाचन समिति संयोजक विष्णु सुब्बाले जानकारी दिए । उनका अनुसार शिक्षक महासंघको दोस्रो अधिवेशन फागुन ११ गते नै सम्पन्न भएको भने निर्वाचन समितिले आज प्रमाण पत्र वितरण गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270