मेची भन्सार कार्यालयमा राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्धि

५ वैशाख, झापा । चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्घि गरेको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार साउनदेखि चैतमहिनासम्म राजस्व असुली लक्ष्य ८ अर्व, ५२ करोड ३० लाख २२ हजार रुपैयाँ भएपनि ९ अर्व ७२ करोड ८४ लाख ३७ हजार अथवा १ सय दशमलव १४ प्रतिशत राजस्व संकलन गरेको छ । जुन रकम लक्ष्यको तुलनमा १४..

पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि (हेर्नुहोस् नयाँ मुल्य सुची)

१८ फाल्गुन, काठमाण्डौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले विज्ञप्ति जारी गरेर गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम..

झापामा २० करोडको लगानीमा रबर उद्योग संञ्चालन हुँदै

१५ फाल्गुन, झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा पनि रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा कनकाई रबर इन्डस्ट्रिज संञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपटक परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो । हाल..

कुल आवेदकमध्ये ३७ हजार ५०० जनाले मात्र पाए महिला लघुवित्तको आइपीओ

१४ फाल्गुन, काठमाण्डौँ । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) कुल आवेदकमध्ये ३७ हजार ५०० जनाले मात्र १० कित्ता आइपीओ हात पारेका छन् । गोलाप्रथाबाट गरिएको बाँडफाडमा लघुवित्तका एक सय ५३ जना कर्मचारीलाई पाँच हजार कित्ता शेयर परेको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ । उक्त आईपीओ लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा आज बिहान ८..

आर्थिक गतिविधि लयमा फर्कदैंः बैंकमा तरलता अभाव हुने संकेत

९ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय तरलता अभाव (लगानीयोग्य रकम)को हुने संकेत देखिएको छ । यसबाट बैंकहरुले प्रवाह गर्ने ऋणबाट आर्थिक गतिविधि लयमा फर्कन थालेको प्रष्ट हुन्छ । ऋण प्रवाह यही अनुपातमा भए क्रेडिट क्रन्चको सम्भावना नजिकिदै जाने देखिन्छ । नेपाल राष्ट्र बैंकमा पुस मसान्तसम्म दुई खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेकोमा भण्डै एक महिनाको अन्तरालमा सवा एक खर्बको तरलता बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता..

२० वर्षपछि भन्सार एजेन्टको विज्ञापन खुल्दै, के हो भन्सार एजेन्ट ?

२७ माघ, काठमाण्डौँ । भन्सार एजेन्टको नयाँ लाइसेन्स चालू आर्थिक वर्षभित्र जारी हुने भएको छ । २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको भन्सार विभागले जनाएको छ । विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा संञ्चालन गर्ने तयारी गरेको भए पनि कोरोना संक्रमणका कारण यो प्रक्रिया यत्तिकै रोकिएको थियो । संक्रमण दर घट्दै गएको र खोप समेत आइसकेको अवस्थामा महामारी कम भएको आँकलनसहित तयारी अघि बढाइएको..

काँकरभिट्टा सुख्खा बन्दरगाह संञ्चालनको जिम्मा निजी क्षेत्रलाइ

१६ माघ, झापा । नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाह संञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालिलाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको हो । सो कम्पनीले ५ वर्षको संञ्चालन बापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता फागुग १ गतेदेखि लागु हुनेछ । उक्त बोलपत्र प्रक्रियामा ५ वटा कम्पनीले..

बैङ्कले दिने ब्याजदर झनै घट्यो

१ माघ, काठमाण्डौँ । वाणिज्य बैङ्कहरुले निक्षेपमा दिने ब्याजदर झनै घटाएका छन् । यसअघि नै ज्यादै कम भएको मानिएको बचत तथा मुद्दती निक्षेपको ब्याजदर माघ महिनादेखि लागु हुनेगरी झनै घटाइएको हो । राष्ट्र बैङ्कले प्रत्येक महिनाका लागि लागु हुने ब्याजदर महिना सुरु हुनुभन्दा अघि नै प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै माघ महिनाका लागि सबैजसो बैङ्कहरुले यस्तो ब्याजदर प्रकाशन गरेका हुन् । अहिले बैङ्कहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार बचत खातामा..

उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधान मैदानमा

१३ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो । महाधिवेशनको अन्तिम दिन आज भएकाले निर्वाचन प्रकृया सुरु भएको हो । मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की बैंकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भईरहेको छ । टेकुमा वस्तुगत संघ समूह, बबरमहलमा एशोसिएट समूह र कमलादीमा उद्दोग वाणिज्य समूहले मतदान गर्ने गरी व्यवस्था मिलाइएको महासंघले जनाएकोे छ । भावी नेतृत्वको..

सेयर बजारमा उत्साहजनक कारोबार, आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक

१० मंसिर, काठमाण्डौँ । आज सेयर बजारमा उत्साह छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले उकालो लागेको छ । बजार खुलेसँगै सेयर बजारमा उत्साह थपिएको छ । आज ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से परिसूचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको..