१४ फाल्गुन, काठमाण्डौँ । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) कुल आवेदकमध्ये ३७ हजार ५०० जनाले मात्र १० कित्ता आइपीओ हात पारेका छन् ।
गोलाप्रथाबाट गरिएको बाँडफाडमा लघुवित्तका एक सय ५३ जना कर्मचारीलाई पाँच हजार कित्ता शेयर परेको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ ।
उक्त आईपीओ लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा आज बिहान ८ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँट गरिएको हो ।