पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि (हेर्नुहोस् नयाँ मुल्य सुची)

पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि (हेर्नुहोस् नयाँ मुल्य सुची)


१८ फाल्गुन, काठमाण्डौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले विज्ञप्ति जारी गरेर गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किली २५ डलर बढाएर प्रति किली ८९३ अमेरिकी डलर र्पुयाइएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ ।

मूल्य बढाउँदा पनि अझै आफूलाई घाटा नै रहेको निगमको दाबी छ । मूल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा ६ रुपैयाँ ५३ पैसा तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रही अर्धमासिक रुपमा करिब १३२ करोड रुपैयाँ घाटा रहेको जनाएको छ ।

फेब्रुअरी १६ मा भारतीय आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ११४, डिजेल र मट्टितेलको मूल्य ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य एक हजार ४०० तोकिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर