पत्रकार महासंघलाई साझा र समावेशी बनाउन आव्हान

२४ मंसिर, इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखालाई सबै पत्रकारजन्य संगठनहरुको साझा महासंघ बनाउने अभियानमा सहभागी हुन ‘स्वतन्त्र समावेशी श्रमजीवी पत्रकारहरुको साझा प्यानल’ ले प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन इलामलाई आह्वान गरेको छ । सो प्यानलले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघ इलाम शाखालाई सबै पत्रकारजन्य संगठनहरुको सम्मानजनक प्रतिनिधित्व हुने गरी सहमतिको आधारमा व्यावसायिक र श्रमजीवी पत्रकारहरुको स्वतन्त्र समावेशी साझा महासंघ बनाउने अभियानमा सहभागी आह्वान गरेको..

दमक आएर ओलीले सम्झिए परमादेशबाट सत्ताच्युत भएको घटना

२४ मंसिर, झापा । खाने पानी आयोजना उद्घाटन इगर्न गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्यूत भएको घटना स्मरण गरेका छन् । सोमबार गृह जिल्ला झापाको दमकस्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ०७८ सालमा सर्वोच्चको परमादेशबाट आफू हटेको स्मरण गरेका हुन् । ०७८ जेठ ८ गते गरेको दोस्रो संसद विघटनलाई उल्ट्याउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले..

राजनीतिक स्थायित्व र विकाशको काम गर्न बर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह

२३ मंसिर, झापा । अहिलेको सरकार राजनीतिक स्थायित्व र विकाशको काम गर्न बनेको उपप्रधानमन्त्री समेत रहनुभएका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले बताउनुभएको छ । झापाको दमकमा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको आज उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा राजनीतिक स्थायित्व नहुने अवस्था देखिएकाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देशमा विकाशका काम गर्न बर्तमान सरकार बनेको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमाले नमिल्दासम्म साना राजनीतिक दलहरुले खेल्ने र..

सहकारी ठग्नु जस्तो देश चलाउन सजिलो छैनः प्रधानमन्त्री ओली

२३ मंसिर, झापा । सहकारी ठग्नु जस्तो देश चलाउन सजिलो नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । झापाको दमकमा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश चलाउन विचार, सिद्धान्त, निष्ठा, त्याग र ईमान्दारी आवश्यक रहेको बताउनुभयो । पुर्व टेलिभिजन कार्यक्रम प्रस्तोता समेत रहेका रास्वपा सभापती रवि लामिछाने तर्फ इंगित गर्दै प्रधानान्त्री ओलीले भन्नुभयो “सहकारी ठग्नु जस्तो देश चलाउन कहाँ सजिलो छ र ! देश..

दमक व्यापारीक कम्लेक्सको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

२३ मंसिर, झापा । झापाको दमक ३ मा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उद्घाटन गरेको यो व्यापारिक भवन १ सय मिटर अग्लो १८ तले रहेको छ । उपप्रधानमन्त्री समेत रहनुभएका शहरी विकाश मन्त्री प्रकाशमान सिंहको अध्यक्षमा र प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस कम्लेक्सको कुल लागत एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ । सरकारले..

पत्रकार महासंघ इलाम अध्यक्षमा योङहाङ उम्मेद्वार

इलाम, २२ मङसिर : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिको २१ औं बैठकले अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरेको प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिनाले जानकारी दिए । प्रेस सेन्टर नेपाल जिल्ला..

भुटानका राजा जिग्मे काठमाण्डौँमा

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ । निजी भ्रमणका क्रममा काठमाडौं आएलगतै वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्नुभएको हो । त्यस क्रममा उहाँले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गर्नुभयो। स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि राजा वाङचुक काठमाडौं आउनुभएको हो ।

दमक बिजनेस कम्प्लेक्सको निर्माण कार्य सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन हुने

२१ मंसिर, झापा । झापाको दमक ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो । आँउदो मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको..

इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँईचो, होटल र होमस्टे भरिभराउ

१९ मंसिर, इलाम ।  इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले..

झापामा दिर्घ रोगीको संख्या बर्षेनी बढ्दै

१९ मंसिर, झापा । झापामा पछिल्ला बर्षहरुमा नसर्ने रोगीको संख्यामा बृद्धी हुँदै गएको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार गतआर्थिक वर्षमा नसर्ने रोग अघिल्लो आर्थिक वर्षभन्दा बढेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलका अनुसार झापामा उच्च रक्तचापका बिरामी धेरै रहेका छन् । गतआर्थिक २०८०।०८१ मा २३ हजार ९५० जना उच्च रक्तचापका विरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७९।०८०को ३५ प्रतिशतले..