समाज

इजलासमा न्यायाधीशलाई रविको आश्वासनः श्रीमान् छाडिदिनुभयो भने गर्वलायक काम गर्छु
२७ मंसिर, पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले बिहीबार पाँच दिन म्याद थप गरेको छ । सातौँपटक म्याद थप हुँदा लामिछानेको मुद्दा अदालतमा लैजान अब ९ दिन मात्र बाँकी छ । सरकारी पक्षले बाँकी रहेको ९ दिन नै म्याद थप गर्नुपर्ने माग राखेको थियो । तर, न्यायाधीश चन्द्रकान्त पौडेलले पाँच..

झापाको आदिवासी रंगशालामा चासोक तङनाम मनाउने तयारी
२७ मंसिर, झापा । किरात याक्थुङ चुम्लुङ्ग दमक र कमल गाउँ शाखाले यसवर्ष पनि संयुक्त रुपमा यहि मंसिर ३० गते वृहत चासोक तङनाम– २०८१ मनाउने तयारी गरेका छन् । कमल –५ स्थित आदिवासी रंगशालामा हुने चासोक तङनाम विशेष सांस्कृतिक कार्यक्रम गतवर्ष झै यसवर्ष पनि सभ्य र भव्य रुपले मनाउने तयारी तीव्र पारेका हुन् । दुवै संस्थाले दमकमा पत्रकार सम्मेलन गरि चासोक तङनाम वृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा मनाउन आवश्यक सवै..

मानवअधिकारको विषयमा गम्भीर बन्न भुटानी शरणार्थीहरुको गुहार
२७ मंसिर, झापा । देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तीको प्रतीक्षामा छन् । मानव अधिकारको सदस्य रहेको नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहने शरणार्थीहरुलाई स्वदेश फिर्ता गराउन सक्ने भए पनि आफूहरुको विषयमा चासो नदिइएको शरणार्थीहरुको गुनासो छ । मानवअधिकारवादीहरुले पनि शरणार्थी..

पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश..

झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण
२६ मंसिर, झापा । झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । जैविक विविधता संरक्षणले यस वर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको कञ्चन जैविक विविधता संरक्षण विकास..

श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचनामन्त्री नलिन्दा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिइन् । वामपन्थी दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आएका हुन् । गत महिना भएको संसदीय चुनावमा उनको पार्टीले ठूलो जित हासिल गरेपछि सत्तामा आफ्नो पकड बलियो बनाए । नयाँ दिल्ली श्रीलङ्कामा बेइजिङको बढ्दो..

हात्ती प्रभावित क्षेत्रमा युवाहरुको गस्ती टोली गठन
२५ मंसिर, झापा । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रातिपख गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् । समितिको मुख्य काम हात्ती गाउँ पस्ने गौडामा बसेर गाउँलेलाई सूचना दिनु हो । हाते माइक, सिटी र आकस्मिक काममा..

बिर्तामोडका पूर्व मेयर प्रहरी नियन्त्रणमा, बालिकालाई जबरजस्ती करणीको आरोप
२५ मंसिर, झापा । झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई आज विहान नियन्त्रणमा लिएको थियो । उनी तीन दिनदेखी प्रहरीको निगरानीमा थिए । प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । शिवाकोटीले पढाइदिने र घरको काममा पनि सघाउने भन्दै..

बढुवा भएका आठ डीआईजी कामविहीन
२४ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएको एक साता बित्दासम्म आठ डीआईजीको पदस्थापन हुन सकेको छैन । १७ मंसिरमा गृहमन्त्रीस्तरीय निर्णयबाट आठ प्रहरी अधिकृत डीआईजीमा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका थिए । सोही दिन प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्दै व्यवसायिक ढंगले काम गर्न निर्देशन समेत थिए । ‘पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह..

पछि परेका समुदायलाई शिक्षा र रोजगारीको सहज पहुँच दिईने प्रधानमन्त्रीको भनाई
२४ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई समसामयिक एवं आधुनिक सोचका साथ..