सहकारी ठग्नु जस्तो देश चलाउन सजिलो छैनः प्रधानमन्त्री ओली

सहकारी ठग्नु जस्तो देश चलाउन सजिलो छैनः प्रधानमन्त्री ओली

२३ मंसिर, झापा । सहकारी ठग्नु जस्तो देश चलाउन सजिलो नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । झापाको दमकमा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश चलाउन विचार, सिद्धान्त, निष्ठा, त्याग र ईमान्दारी आवश्यक रहेको बताउनुभयो ।

पुर्व टेलिभिजन कार्यक्रम प्रस्तोता समेत रहेका रास्वपा सभापती रवि लामिछाने तर्फ इंगित गर्दै प्रधानान्त्री ओलीले भन्नुभयो “सहकारी ठग्नु जस्तो देश चलाउन कहाँ सजिलो छ र ! देश चलाउन त विचार चाहिन्छ, सिद्धान्त चाहिन्छ, निष्ठा, त्याग र ईमान्दारी हुनुपर्छ, अर्काको कुरा काट्नु जस्तो सजिलो छैन नी ।”

त्यस्तै उहाँले बैंकबाट रिण खाने र तिर्नु हुँदैन भन्दै हिड्नेहरुले देशमा अराजकता मच्चाउन खोजेको बताउनुभयो । मेडिकल व्यवसायी दुर्गा प्रसाई लक्षित गर्दै उहाँले भन्नुभयो “बैंकबाट रिण माग्ने, खाने अनि तिर्नू हुन्न है भन्दै हिडेका छन् ।, व्यापारीजती सबैलाई खेदाईहालौँँ, डाँडाँ कटाईहालौँ भन्दै हिडेर देश चाई कसरी बन्छ ?”

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको यो व्यापारिक भवन १ सय मिटर अग्लो १८ तले रहेको छ । कम्लेक्सको कुल लागत एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
सरकारले दमक टावरसहित ६ विशिष्ट संरचनाको जिम्मा रहने गरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ जारी गरेर सोही अनुसार सरकारले टावर सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गर्न सक्ने बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर