आत्मानन्द गोल्डकप आजबार सुरु हुँदै

माङसेबुङ । इलामको माङसेबुङमा १७औं संस्करणको आत्मानन्द गोल्डकप आज (आइतबार) सुरु हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा अवसरमा प्रतियोगिता हुन लागेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ फुटबल टिम सहभागी हुनेछन् । आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङ्बुहाङका अनुसार आयोजक युथ अफ माङसेबुङ, पाँचथरको तिजोक युवा क्लब, झापाको दूधे युथ क्लब, झापाकै चुलाचुली..

कम्बोडियामा सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’

९ मंसिर, काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ दिएको छ । नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको हो । सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको..

दमकमा हात्तीको आक्रमणमा परेर भण्डारीको मृत्यु

२ कार्तिक, झापा । जंगली हात्तीको आक्रमणमा परेर झापाको दमकमा आज विहान एक जना युवकको ज्यान गएको छ । ज्यान जानेमा दमक ३ स्थित दिपज्योति टोलका ४५ बर्षिय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहानको राति २ बजेको समयमा दिपज्योती टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो । हात्ती धपाउन खोज्दा..

बेपत्ता बालक मृत फेला

२ कार्तिक, झापा । केही दिनअघि देखि बेपत्ता भएका झापा गाउँपालिका ४ का ५ बर्षिय गणेशबहादुर खत्री खोलामा डुबेको अवस्थामा मृत भेटिएको छ । गत बुधवार दिउसोदेखि बेपत्ता रहेका खत्रीको आफन्तले प्रहरीलाई जानकारी गराएपछि खोजी गर्ने क्रममा आज विहान सोहि पालिकाको वडा न. १ मा पर्ने माई खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको झापा जिल्ला प्रहरी..

तासको खालबाट साढे ४ लाख रकम सहति १८ जना पक्राउ

२३ कार्तिक, झापा । झापा प्रहरीले तास खेलिरहेको अवस्थामा १८ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । गएराती प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ नहर चौकस्थित चन्द्रमणी रिमालको घरमा तास खेलीरहेको भन्ने गोप्य सूचनाको आधारमा १८ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरी टोलीले उक्त स्थानमा खटिनगई रित पुर्वक खानतलासी गर्दा उक्त घरको भुई तलामा रहेको कोठामा घर चन्द्रमणी रिमालसहित तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद चार लाख चौवन्न हजार पाँच..

चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो चयन

२३ कार्तिक, इलाम । ग्रामीण क्षेत्रमा रहेर नाट्यकलामा राष्ट्रियस्तरमै चर्चा कमाउँदैगरेको इलामको चुलाचुलीस्थित चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो पुनः चयन भएका छन् । आज भएको ११औं साधारणसभाले पत्रकार तथा नाट्यकर्मी आङ्थुपोको नेतृत्वमा सात सदस्यीय मूल कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा रमिला राई, सचिवमा पत्रकार सन्तोष गिरी, सह–सचिवमा पूजन बस्नेत र कोषाध्यक्षमा हेमराज विश्वकर्मा चयन भएका छन् । सदस्यहरूमा मनिष मगर र सुनिता दर्जी चुनिएको सचिव गिरीले जानकारी दिनुभयो..

दमक क्याम्पसको १३ औं क्याम्पस सभामा १८ जना सम्मानित

२२ कात्तिक, झापा । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभामा विभिन्न क्षेत्रका १८ जनालाई सम्मान गरिएको छ । बुधबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरसहित अतिथिहरुले १८ जना सहप्राध्यापक तथा कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा सहप्राध्यापक एवं पूर्व क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकी, उपप्राध्यापकहरु श्रवणकुमार चौधरी, यज्ञराज गिरी, सुमनकुमार नेपाल, भुमिप्रसाद दाहाल, नारायण भट्टराई, राधिका..

छठ पर्वको मुख्य साँझ आज; झापाका नदी किनार झकिझकाउ

२२ कात्तिक, झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ..

इलामका खोलामा करेन्ट र विष्फोटक प्रयोग गरी माछा मार्नेक्रम बढ्दो

इलाम ।  इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ । जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम)समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् । सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय..

नेल्टाको चौथो कोशी प्रान्तीय सम्मेलन तथा गोष्ठी दमकमा हुने

२० कात्तिक, झापा । पाँच सय बढी प्रतिनिधिको सहभागिता रहने नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को चौथो कोशी प्रान्तीय सम्मेलन तथा गोष्ठी झापाको दमकमा हुने तय भएको छ । नेल्टा झापाको आयोजना तथा नेल्टा मोरङ र नेल्टा सुनसरीको सहआयोजनामा हुने द्विदिवसीय कार्यक्रम आगामी कात्तिक २४ र २५ गते दमकस्थित सिद्धार्थ अङ्ग्रेजी माविमा हुनेछ । कार्यक्रममा कोशी प्रदेशभरिका अङ्ग्रेजी भाषाका प्राध्यापक, शिक्षक, पाठ्यपुस्तक लेखक, पाठ्यक्रम निर्माता, भाषा प्रयोगकर्ताका प्रतिनिधिको सहभागिता..