२४ मंसिर, इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखालाई सबै पत्रकारजन्य संगठनहरुको साझा महासंघ बनाउने अभियानमा सहभागी हुन ‘स्वतन्त्र समावेशी श्रमजीवी पत्रकारहरुको साझा प्यानल’ ले प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन इलामलाई आह्वान गरेको छ ।
सो प्यानलले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघ इलाम शाखालाई सबै पत्रकारजन्य संगठनहरुको सम्मानजनक प्रतिनिधित्व हुने गरी सहमतिको आधारमा व्यावसायिक र श्रमजीवी पत्रकारहरुको स्वतन्त्र समावेशी साझा महासंघ बनाउने अभियानमा सहभागी आह्वान गरेको हो ।
प्रेस सेन्टर नेपाल, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार समूहको साझा प्यानलका तर्फबाट अध्यक्षका उम्मेद्वार राम योङहाङको नेतृत्वमा नेपाल पत्रकार महासंघ इलामलाई साझा बनाउने अभियानमा सहभागी हुन दुई संगठनलाई आह्वान गरेको हो । ‘सो प्यानलका तर्फबाट अध्यक्षका उम्मेद्वार राम योङहाङको नेतृत्वमा नेपाल पत्रकार महासंघ इलामलाई साझा बनाउने अभियानमा सहभागी हुन प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनलाई समेत हार्दिक आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि आइतबार प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला नेतृत्व निर्माणमा दुवै संगठनका केन्द्रीय सहमति अनुसार गठबन्धन गरी अघि बढ्ने जनाईसकेको छ ।