राजनीतिक स्थायित्व र विकाशको काम गर्न बर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह

राजनीतिक स्थायित्व र विकाशको काम गर्न बर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह

२३ मंसिर, झापा । अहिलेको सरकार राजनीतिक स्थायित्व र विकाशको काम गर्न बनेको उपप्रधानमन्त्री समेत रहनुभएका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले बताउनुभएको छ । झापाको दमकमा निर्माण सम्पन्न भएको दमक कमर्सियल कम्लेक्सको आज उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा राजनीतिक स्थायित्व नहुने अवस्था देखिएकाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देशमा विकाशका काम गर्न बर्तमान सरकार बनेको बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमाले नमिल्दासम्म साना राजनीतिक दलहरुले खेल्ने र राजनितिक अस्थिरता देखिने अवस्था भएकाले देशका दुई ठुला दल मिलेर सरकार बनाएको उहाँको भनाई थियो । बर्तमान सरकारको प्रमुख उदेश्य भनेकै विकाश र नागरिकलाई डेलिभरी दिनु भएको उहाँले बताउनुभयो ।

त्यस्तै बर्तमान सरकारले बोलीमा नभई व्यवहारमा काम गरेर देखाउन सुरु गरेको पनि उहाँले बताउनुभयो । “यो गर्ने, त्यो गर्ने भन्दापनि हामीले नागरिकलाई परिणाम देखाउने गरी काम गरिरहेका छौँ । दमकमा बनेको यो भव्य भवनको आज उद्घाटन भयो, अब केही समयमै संञ्चालनमा आउने छ ।” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री सिंहले संयुक्त रुपमा उद्घाटन गरेको यो व्यापारिक भवन १ सय मिटर अग्लो १८ तले रहेको छ । कम्लेक्सको कुल लागत एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

सरकारले दमक टावरसहित ६ विशिष्ट संरचनाको जिम्मा रहने गरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ जारी गरेर सोही अनुसार सरकारले टावर सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गर्न सक्ने बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर