समाज

साढे सात लाख रुपैयाँ लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ
७ चैत, काठमाडौँ । लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका एक प्रहरीसहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा वृत्तका हवल्दार चक्रबहादुर शाहीसहित दुईजना छन् । उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको छ ।

बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ
७ चैत, झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड–५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले..

सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद
७ चैत, सुनसरी । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५र६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको..

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोरा भने भागेर बाँचे
७ चैत, मोरङ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका– १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।..

१६ वर्षपछि हत्या आरोपी पक्राउ
६ चैत, काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर ढोलाहिटीकी सोभिता थापालाई पक्राउ गरेको हो । कार्यालयले सोभितालाई हत्याको मुख्य योजनाकार भनेको छ । २०६४ असार २३ गते सोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा ललितपुर इमाडोल निवासी विष्ट गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु..

विराटनगरको होटल रोयल किचेनमा एक जना मृत फेला
६ चैत, विराटनगर । विराटनगर ९ स्थित होटल रोयल किचेनमा एक जना मृत फेला परेका छन्। मंगलबार बिहान सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका हुन् । घिमिरेको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।

अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ
६ चैत, काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८..

दमक र कनकाईबाट ब्राउनसुगर सहित पाँच जना पक्राउ
६ चैत, दमक । झापाको दमक र कनकाईबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका ६ बजे झापाको दमक–८ मा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साहलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ..

कोशी प्रदेशमा आगलागीबाट तीन सातामा दुई सय घर जले
५ चैत। कोशी प्रदेशमा फागुनयता आगलागीको घटना अचाक्ली बढेको छ । आगलागीका कारण सयौं मानिस घरबारविहीन बनेका छन् भने करोडौंको क्षति भएको छ । तर, सरकारले आगलागी पीडितहरुको लागि उचित राहात र उद्धारमा ध्यान दिन सकेको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार शनिबार र आइतबार दुई दिनमा मात्रै ४५ वटा आगलागीका घटना भएका छन् । त्यसमध्ये भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ जना बालबालिकाको ज्यान गएको छ ।..

चुलाचुलीमा आधारभूत पत्रकारिता तालिम सुरु
५ चैत, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । तीनदिने तालिममा गाउँपालिकाका करिब २५ पत्रकारको सहभागिता छ । तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाले स्थानीयस्तरमा उत्पादनका कार्यक्रमलाई प्रोत्साहन गरिरहेको बताए । ‘उत्पादनको काम पालिकाका लागि दीर्घकालीन हुन्छ, त्यसमा पत्रकारिताले भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘निश्चित मान्यता र इथिक्समा पत्रकारिता गर्न तालिमले सहयोग गर्छ ।’ उनले कुनैपनि तालिम तालिममा मात्र सीमित हुन नहुने पनि..