बिर्तामोडमा मनाइयो विश्व क्षयरोग दिवस २०२४

१२ चैत, झापा । झापाको बिर्तामोडमा विश्व क्षयरोग दिवस २०२४ प्रभातफेरी गर्दै मनाइएको छ । स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान बिर्तामोड बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । सो अवसरमा बिर्तामोड स्वास्थ्य शाखा, स्वास्थ्यका कर्मचारी, बिर्तामोड क्षेत्रका अस्पतालहरु समेतको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो । विभिन्न सचेतनामुलक नारा लेखिएका प्ले–कार्डसहितका सहभागीहरुले बिर्तामोड परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो । ‘हो, हामी क्षयरोग..

तराई–मधेसमा आज होली मनाइँदै

१२ चैत । तराई–मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली पर्व मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ..

होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई युवाको मृत्यु

१२ चैत, काठमाडौं । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको ढोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस..

च्यासलमा एमाले नेताहरु होली मनाउदैँ (फोटो फिचर)

११ चैत, काठमाण्डौँ । नेकपा एमालेका नेताहरूले होली मनाएका छन् । पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि नेताहरूले एकअर्कामा रङ दलेर खुशी साटासाट गरे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेललगायतका पार्टी पदाधिकारीले एकअर्कामा रङ दलेका हुन् ।

बझाङ प्रदेशसभा १ बाट दमन भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

११ चैत, काठमाण्डौँ । नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलाम २ को उपचुनावमा सुहाङ र बझाङ प्रदेशसभा १ को उपचुनावमा भण्डारीलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

इलाम २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

११ चैत, इलाम । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो..

जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा शिवसताक्षीको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा सरसफाई 

११ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा विभिन्न कार्यक्रम सञ्चालन भएको छ । आसन्न नेकपा एमालेको झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो । शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीका बीच पनि सरसफाई गरेको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा (रोषन) ले जानकारी दिनुभयो । त्यस्तै वडा..

बाह्रदशीमा टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यको पहिलो चरण काम पुरा

१० चैत, बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यले थालेको पहिलो चरणको काम पुरा गरेको छ । सबै वडामा कालोपत्रे सडक पुराउने पहिलो चरणको योजना सम्पन्न गरेको हो । बाह्रदशी गाउँपालिकाले सात वटै वडामा ५–५ सय मिटर कालोपत्रे गर्ने अघिल्लो वर्षको निर्णय कार्यान्वय गरेको छ । हरेक वडामा कालेपत्रे गर्ने कामका लागि ४०–४० लाख बजेट बिनियोजन गरिएको थियो । भर्खरै वडा नं.२ र ३ को सीमामा पर्ने..

इलामका किसान व्यावसायिक सुपारी खेतीमा रमाउँदै

१० चैत, फिक्कल (इलाम) ।  इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० का दरले बिक्ने गरेको छ ।” घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने..

भैंसीलाई पानी खुवाउने क्रममा पैनीमा डुबेर दमकमा एक जनाको मृत्यु

१० चैत, दमक । झापाको दमक नगरपालिका– २ स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार दिउँसो ११ बजे धिमालले सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबी घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको..