बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ

बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ

७ चैत, झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड–५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गर्न खोजेका थिए ।

धिमालले मोटरसाइकल चोर्न लाग्दा स्थानीयले देखेर तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिलाई जिम्मा लगाएका छन् । पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा झापाका विभिन्न स्थानबाट बजाज कम्पनीको पल्सर मोटरसाइकलहरू चोरी हुन थालेको छ ।मोटरसाइकल चोरीका घटना बढेसँगै झापा प्रहरी अन्य घटना छाडेर गहिरोको खोजीमा लागि परेको जनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर