२९ असार, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई सरसफाई सामग्री प्रदान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले दुहवी नगरपालिकाका क्वारेन्टाइनका लागि भन्दै सरसफाई सामग्री हस्तान्तरण गरेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका इन्जिनियर गोपी लाल भगतले एक कार्यक्रमका विच नगरप्रमुख वेदनारायण गच्छदारलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
इन्जिनियर भगतले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा स्वास्थ्य अधिकारको रक्षाका लागि क्वारेन्टाईनलाई पुग्ने गरी उक्त सरसफाई सामग्री वितरण गरेको बताउनुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले फिनेल १० लिटर, हर्पिक ५ लिटर, ट्वालेट ब्रस ५ थान, ५० लिटर अट्ने बाल्टीन एक थान, १५ लिटर अट्ने बाल्टीन १० थान, ५ लिटर अट्ने बाल्टीन ५ थान, प्लाष्टिक बाटा १० थान, प्लाष्टिक मग १५ थान र ह्याण्डवास १ थान लगायतका सामग्री वितरण गरेको भगतले बताउनुभयो ।
त्यसैगरी स्यानिटेशन हाईएजिन कीट १० पोका, नेल कटर दुई थान, टुथ ब्रस १० थान, प्लास्टिक बाल्टीन १० लिटर अट्ने दुई थान, प्लाष्टिक जग २ लिटर अट्ने दुई थान समेत वितरण गरेको भगतले बताउनुभयो ।
स्वास्थ्य तथा सरसफाई सामग्री वितरण कार्यक्रममा नगरप्रमुख वेदनारायण गच्छदार, स्वास्थ्य शाखाका पिंकी भगत, मनोज चौधरी, इटहरी खानेपानीका गोपी लाल भगत लगायतका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।