समाज

संविधान दिवसको अवसरमा राष्ट्रप्रमुखहरुद्वारा शुभकामना
३ असोज, काठमाण्डौँ । आज असोज ३ गते संविधान दिवस । राजनीतिक परिवर्तपछि दोस्रो संविधानसभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र..

नेकपा चुलाचुलीद्धारा युवाहरुलाई खेलकुद सामाग्री प्रदान
२ असोज, इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँसंगठन कमिटीले आज युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ । गाउँसंगठन कमिटी अन्तर्गतको खेलकुद विभागले चुलाचुली वडा नं. १, २ र ३ नम्वरका युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको विभाग प्रमुख सुरज किरण योङ्याले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा गाउँमा रहेका युवाहरुलाई खेल क्षेत्रमा आकषर््िात गर्ने उदेश्यका साथ सो खेलकुद सामाग्री प्रदान गरिएको बताईएको छ । जसअन्तर्गत चुलाचुलीका वडा नं. १..

ट्राफिक पोष्ट काँकरभिट्टाद्धारा ३ हजार बढी सवारी साधनलाई कारवाही
२ असोज, झापा । अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले गत आर्थिक वर्ष २०७६÷०७७ मा सवारी नियम उल्लंघन गर्ने तीन हजार बढी सवारी साधनलाई कारवाही गरेको छ । आफ्ना सवारी साधनका आवश्यक कागजात नबोक्ने, समयमै नवीकरण नगरेका, मादक पदार्थ सेवन गरी सवारी चलाएका, क्षमताभन्दा बढी यात्रु तथा मालवहाक, तीव्रगतिमा चलाउनेलगायतका ट्राफिक नियम पालना नगर्ने तीन हजार पाँच सय १६ वटा सवारी साधनलाई एकवर्षको अवधिमा कारवाही गरेको ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण..

पानीमा डुबेर बालिकाको मृत्यु
१ असोज, सुनसरी । सुनसरीको दुहवीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बुधवार दिउँसोेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेवको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । वालिका डुवेर बेहोस भएपछि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय..

झापाको शुरक्षा व्यवस्थामा थप कडाई गरिने
१ असोज, झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लाको शुरक्षा व्यवस्थामा थप कडाई गर्ने बताउनुभएको छ । पछिल्लो समय बढ्दै गईरहेको शुरक्षा चुनौतीलाई मध्यनजर गर्दे शुरक्षा व्यवस्थामा थप कडाई गर्न जिल्ला मातहतमा रहेका शुरक्षा निकायलाई निर्देशन दिएको उहाँले बताउनुभएको छ । काभ्रेपलान्चोक जिल्लाबाट सरुवा भई झापा आउनुभएका प्रजिअ तिमल्सिनाले बुधवार दमकका पत्रकारहरुसंग भेट्घाट गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । झापामा पछिल्लो समय बढ्दै गईरहेको लागूपदार्थ ओपारपसार तथा सिमा..

आजदेखी मध्यम तथा लामो दूरीको यातायात सञ्चालन सुरु
१ असोज, काठमाण्डौँ । आज बिहीबार देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत्र १० गतेदेखि अर्थात १ सय ७८ दिनको प्रतिबन्धपछि आजबाट प्रतिबन्ध फुकुवा भएसँगै सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि बाहिर यात्रुहरुको चहलपहल बढेको छ । सार्वजनिक..

सुनसरीको सीमावर्ती क्षेत्रबाट विष्पोटक पदार्थ पटका बरामद
३१ भाद्र, सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका–१ लौकहीबाट सशस्त्र प्रहरीले विस्फोटक पदार्थ पटका बरामद गरेको छ । सशस्त्र सीमा सुरक्षा बल (बिओपी) लौकहीले ठूलो परिणाममा बिस्पोटक पदार्थ पटाका बरामद गरेको हो । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्तीको समयमा विष्फोटक पदार्थ (पटाका) बरामद गरेकोमा आलुबम २० प्याकेट, पटाका ३ सय ५० प्याकेट, झिरझिरे पटका सहित बरामद गरिएको जनाएको छ । आज सशस्त्र प्रहरीको विशेष चेकिङ टोलीले सीमा खण्डबाट पटाका..

दमकमा ८ सहित झापामा आज थपिए २३ जना कोरोना संक्रमित
३१ भाद्र, झापा । झापामा आज २३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका ६ स्थानीय तहका ७ महिला र १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागार्इँले जानकारी दिनुभयो । बाह्रदशी गाउँपालिकाको ५ नम्बर वडामा २ महिला र ३ पुरुष गरी ५ स्थानीयमा कोरोना पुष्टि भएको छ । दमकको १, ४, ५, ८, ९ र १० नम्बर वडाका १ महिला र ७ पुरुष गरी..

झापाको मेचीनगरबाट लागुऔषध सहित दुई जना पक्राउ
३१ भाद्र, झापा । झापाको मेचीनगर नगरपालिका–१३ बाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका–१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ बर्षीय पवन कुमार वसाकलाई गएराती सवा ७ बजे पक्राउ गरेको हो । मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे..

सिन्धुपाल्चोकको रामचे केन्द्रविन्दु भएर ६ रिक्टरको भुकम्प गयो
३१ भाद्र, काठमाण्डौँ । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर पुनः परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको पहिलो परकम्प गएको थियो । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारर साहि ठाँउ आसपास भएर ३.८ म्याग्निच्यूडको अर्काे भ्रकम्प गएको छ । दोस्रो कम्पन्न विहान ६ बजेर १२ मिनेटमा गएको हो । बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ..