पानीमा डुबेर बालिकाको मृत्यु

पानीमा डुबेर बालिकाको मृत्यु

१ असोज, सुनसरी । सुनसरीको दुहवीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

बुधवार दिउँसोेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेवको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

वालिका डुवेर बेहोस भएपछि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर