२ असोज, इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँसंगठन कमिटीले आज युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।
गाउँसंगठन कमिटी अन्तर्गतको खेलकुद विभागले चुलाचुली वडा नं. १, २ र ३ नम्वरका युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको विभाग प्रमुख सुरज किरण योङ्याले जानकारी दिनुभयो ।
कोरोना महामारीको समयमा गाउँमा रहेका युवाहरुलाई खेल क्षेत्रमा आकषर््िात गर्ने उदेश्यका साथ सो खेलकुद सामाग्री प्रदान गरिएको बताईएको छ । जसअन्तर्गत चुलाचुलीका वडा नं. १ का युवाहरुलाई ४ थान, वडा नं. २ का युवाहरुलाई ४ थान र वडा नं. ३ का युवाहरुलाई ७ थान फुटबल वितरण गरिएको छ ।
नेकपा चुलाचुलीका अध्यक्ष शुक्र लावती (तुला) समेत सहभागी खेलकुद विभागको टोलीले प्रत्येक वडामा पुगेर युवाहरुलाई फुटबल वितरण गरेको हो ।
यसैगरी आउदो समयमा वडा नं. ४, ५ र ६ का युवाहरुलाई पनि खेलकुद सामाग्री वितरण गरिने नेकपा चुलाचुलीका कार्यलय सदस्य संञ्जय राईले बताउनुभयो ।