२० मंसिर, काठमाण्डौँ । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । आज राति सम्पन्न फाईनल राउण्डमा २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणको उपाधि हात चुमेकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड २०१९’की विजेता अनुष्का श्रेष्ठले ताज पहिरीदिईन् ।
नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् । यस्तै उनले मिस वल्र्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
यता, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिएकी छिन् । त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छिन् ।
यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।