समाज

दशैं-तिहारमा दुर्घटना; कोशी प्रदेशमा ३७ जनाको मृत्यु
२० कात्तिक, विराटनगर । दशैं-तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । १७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले..

अनेरास्ववियुले गर्यो नेपाल–भारत सीमामा खबरदारी पदयात्रा
इलाम– इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि खबरदारी गरेका छन् । उनीहरूले इलाम र भारत जोडिएको करिब ५० किलोमिटरमा पैदलयात्रा गरी सीमा अवलोकन र खबरदारी गरेका हुन् । यो क्षेत्रको दशगजामा बेला–बेला भारतीय पक्षले अतिक्रमण गरी संरचना बनाउनेगरेको छ । यहाँका कतिपय ठाउँमा भारतीय पक्षले अहिले पक्की संरचना नै निर्माण गरेको छ । तर, बेला–बेला विद्यार्थीले गर्नेगरेको दबाब कार्यक्रम भारतीय पक्ष पछि हट्नेगरेको देखिएको छ । अखिल..

मौसम अनुकूल हुन नसक्दा धान उत्पादन कम हुने अनुमान
काठमाडौँ । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा..

राज्य संयन्त्रको कमजोरीमा टेकेर आशिका तामाङको ‘जगजगी’
काठमाडौं । अहिले हाम्रो दैनिक आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको एउटा विशेषता यो हो कि यसले कोही पनि आममान्छेलाई रातारात चर्चित बनाइदिन सक्छ । चर्चाको आयु भने निश्चित हुँदैन । पछिल्ला दिनमा सामाजिक सञ्जालले ह्वात्तै चर्चामा ल्याएको एक नाम हो- आशिका तामाङ । केही वर्षअघि दशैंताका एउटा भिडिओमा बोलेका शब्दले ‘भाइरल’ भएकी उनी अहिले आफ्ना क्रियाकलापका कारण ‘ट्रेन्डिङ टपिक’ बनेकी हुन् । मानिसहरु उनको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका..

काँकरभिट्टा नाकाबाट पर्यटकको आगमन बढ्यो
१४ कार्तिक, झापा । पूर्वीनाका काँकरभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसी भट्टराईले..

मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली देखि माईसम्मको काम सुरु हुने
१४ कार्तिक, झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमल खोलादेखि माइ नगरपालिकासम्म सडक निर्माणका काम सुरु हुने भएको छ । आज शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आइईई प्रतिवेदन सार्वजनिक गरेको हो । वि.सं. २०७५ साल जेठ ०६ गते मन्त्री परिषदको निर्णय अनुसार चुरिया क्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको थियो । जसले पूर्व झापाको बाहुण्डागीदेखि भित्री..

एमाले अधिवेशन- माईमा मुखराज, फाकफोकथुममा अर्जुन
१३ कार्तिक, माई . नेकपा (एमाले) फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा अर्जुनकुमार लिम्बू निर्वाचित भएका छन् । गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले उपाध्यक्षमा टेकबहादुर खपांगी, सचिवमा ओमप्रसाद खनाल र उपसचिवद्वयमा होमकुमार लायोमगर र कविता राईलाई चयन गरेको छ । पार्टी गाउँ कमिटीका निवर्तमान अध्यक्ष नवीन मगरको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगरले गरेका थिए । यस्तै, माई नगरपालिकाको एमाले अध्यक्षमा मुखराज आङ्देम्बे चयन भएका छन् । उपाध्यक्षमा राजकुमार गड्तौला, उपसचिवमा..

रवि विरुद्ध ओलीको टिप्पणी- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए । राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए । ओलीको भाषणका केही अंशः अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ,..

सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत
काठमाडौं । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर असहमति प्रकट गरेको छ । आज बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै असहमति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्तिको चौंथो बुँदामा यो विषय समेटिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान..

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताए । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।