अभियुक्त पक्राउन नपरेसम्म शव नउठाउने परिवारको अडान

९ कार्तिक, झापा । झापाको दमक ३ स्थित बेलडाँगी–मधुमल्ला सडक खण्ड अन्तर्गत मावा खोला किनारमा मंगलबार हत्या गरिएका देशु भनिने यमु निरौलाको शव उठाउन परिवारले इन्कार गरेका छन् । अहिले मृतक निरौलाको शव दमक अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले मुख्य अभियुक्तलाई समाएर कानुनी दायरामा नल्याएसम्म शव नउठाउने मृतकका दाजु नवराज निरौलाले बताए । बुधबार इप्रका दमकमा दिएको किटानी जाहेरीमा दमक–८ का बुद्धि थापा, दमक–३ का शेरबहादुर नेम्वाङ,..

बक्यौता नतिर्ने उद्योगको बारेमा माथिबाट निर्देशन नआएपछि लाईन काटियोः कुलमान घिसिङ

९ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन महिनासम्म पनि विद्युतको बक्यौता नतिरेपछि र माथिल्लो निकायबाट लिखित निर्देशनपनि नआएपछि आफूहरुले बक्यौता नतिर्ने उद्योगको लाईन काटेको स्पष्ट पारेका छन्। आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा घिसिङले भने,‘हामीलाई लिखितमा कतैबाट निर्देशन आएको छैन् । प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छैन् ।’ विद्युतको महशुस उठाउनुपर्छ भनेर सबैले भनिराखेको उनले सुनाए । उनले आफूहरुले पटक पटक विद्युत महशुस उठाउनको लागि ताकेता..

रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की ।  कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बिहीबार जिल्ला..

गुडीरहेको गाडीमा आगजनी गर्ने ९ जना जेलचलान

८ कार्तिक, झापा । झापाको विर्तामोडमा ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका ९ जना जेल चलान भएका छन् । कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरूलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो । ज्यान मुद्दामा कारागार चलान हुनेहरूमा हल्दिबारी –१ स्थायी ठेगाना..

तीन बुँदे सहमतिपछि लयमा फर्कियो केरखा

बिर्तामोड । बसको ठक्करबाट दुई जनाको घटनास्थलमै ज्यान गएपछि तनावपूर्ण बनेको केरखाको वातावरण आज विहानबाट लयमा फर्किएको छ । हिजो साँझबाट तनावपूर्ण बनेको केरखा विहानसम्म अशान्त थियो । मृतकको परिवार र प्रशासनबीच तीन बुँदे सहमति भएसँगै केरखा क्षेत्रका आक्रोसित भीड हटेको छ । दुई जनाको ज्यान गएपछि आक्रोसित सो क्षेत्रको बजार खुलेको छ भने पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन खुला गरिएको छ । बसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर..

कोशीको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री राईलाई

८ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ ।

दमकका युवकको हत्या प्रकरणमा ‘एमाले जोडियो’, परिवारले अझै बुझेनन् शव

८ कार्तिक, दमक । झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन । मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय  निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ..

एमालेले सरकारलाई भन्यो : अनुसन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहणगरी कार्यान्वयनको क्रममा प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिरूमाथि भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरिएको छ । पोखरामा रविको पक्षमा भइरहेको प्रदर्शनमा निषेधाज्ञाबीच..

झापाको कमलमा सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

७ कार्तिक, झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधवार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए । उनका अनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय..

पोखरामा आन्दोलन बाहेक घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

७ कात्तिक, काठमाडौं ।  रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो..