२३ कार्तिक, झापा । झापा प्रहरीले तास खेलिरहेको अवस्थामा १८ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । गएराती प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ नहर चौकस्थित चन्द्रमणी रिमालको घरमा तास खेलीरहेको भन्ने गोप्य सूचनाको आधारमा १८ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी टोलीले उक्त स्थानमा खटिनगई रित पुर्वक खानतलासी गर्दा उक्त घरको भुई तलामा रहेको कोठामा घर चन्द्रमणी रिमालसहित तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद चार लाख चौवन्न हजार पाँच सय रुपैयाँ बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा बुझाएको छ ।
नियन्त्रणमा लिएका व्यक्तिहरुमाथी अनुसन्धान कार्य भई रहेको झापा प्रहरीले जनाएको छ ।