चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो चयन

चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो चयन

२३ कार्तिक, इलाम । ग्रामीण क्षेत्रमा रहेर नाट्यकलामा राष्ट्रियस्तरमै चर्चा कमाउँदैगरेको इलामको चुलाचुलीस्थित चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो पुनः चयन भएका छन् । आज भएको ११औं साधारणसभाले पत्रकार तथा नाट्यकर्मी आङ्थुपोको नेतृत्वमा सात सदस्यीय मूल कार्य समिति गठन गरेको हो ।

उपाध्यक्षमा रमिला राई, सचिवमा पत्रकार सन्तोष गिरी, सह–सचिवमा पूजन बस्नेत र कोषाध्यक्षमा हेमराज विश्वकर्मा चयन भएका छन् ।
सदस्यहरूमा मनिष मगर र सुनिता दर्जी चुनिएको सचिव गिरीले जानकारी दिनुभयो ।

यो रंगमञ्चले गाउँका मौलिक कथा–व्यथा नाटककै माध्यमबाट देश–दुनियाँसम्म छर्ने प्रयत्न गरिरहेको छ ।

राजनीति, पत्रकारिता, साहित्य, संगीत र कला–संस्कृतिको केन्द्र देशको राजधानीलाई मात्रै मान्ने सोच परिवर्तन गर्दै चुलाचुलीको नाट्य अभ्यास १५ वर्षयता जिल्ला सदरमुकामभन्दा पनि निकै टाढाको गाउँमा क्रियाशील छ ।

२०६५ सालमै नाटकको सर्कलमा आबद्ध भएर यहाँका युवाले ‘नयाँ बाटो–नयाँ पाइला’ नाट्य समूह बनाएका थिए । सामाजिक रूपान्तरणका लागि उनीहरूले गठन गरेको यो समूह २०७० सालमा चुलाचुली रंगमञ्चको रूपमा आएको हो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर