बेपत्ता बालक मृत फेला

बेपत्ता बालक मृत फेला


२ कार्तिक, झापा । केही दिनअघि देखि बेपत्ता भएका झापा गाउँपालिका ४ का ५ बर्षिय गणेशबहादुर खत्री खोलामा डुबेको अवस्थामा मृत भेटिएको छ ।

गत बुधवार दिउसोदेखि बेपत्ता रहेका खत्रीको आफन्तले प्रहरीलाई जानकारी गराएपछि खोजी गर्ने क्रममा आज विहान सोहि पालिकाको वडा न. १ मा पर्ने माई खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको झापा जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर