साङ्लोले बाँधेर राखिएका १४ वर्षीय बालकको उपचार सुरु

साङ्लोले बाँधेर राखिएका १४ वर्षीय बालकको उपचार सुरु


२८ मंसिर, झापा । अटिजमको समस्याका कारण घरमा साङ्लोले बाँधेर राखिएका झापा अर्जुनधाराका १४ वर्षीय आदित्य दाहालको काठमाडौंमा उपचार सुरु गरिएको छ । झापाबाट उद्दार गरी उनलाई उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल लगिएको थियो ।

चिकित्सकहरुसँग परामर्शपछि आजबाट अस्पतालले उपचार सुरु गरेको उनको उपचारका लागि सहयोगी युवा अर्जुनधारा–५ का कौशल भण्डारीले जानकारी दिनुभयो । भण्डारी हाल काठमाडौंमा नै रहेका छन् ।

भण्डारीले बालक दाहालको उपचारमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले समन्वय गर्नुभएको बताउनुभएको छ । मन्त्री पौडेलकै पहलमा उनलाई झापाबाट काठमाडौं लगिएको थियो ।

पाँच वर्षको हुँदादेखि बुबाआमा सम्पर्कमा नरहेका अर्जुनधारा–४ का आदित्य ८४ वर्षीया हजुरआमाको साथमा रहँदै आएका थिए । उनलाई घरमा साँग्लोले बाँधेर राख्नुपर्ने बाध्यता थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर