गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका असईको लेक लागेर मृत्यु

१५ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए । गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको..

एमालेले आज च्यासलमा चियापान कार्यक्रम गर्दै

१५ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै..

Choosing Hasina daughter or her Nepal challenger for WHO regional head post

15 Kartik, Kathmandu.  Diplomatic battlelines have been drawn in a contest between Bangladesh Prime Minister Sheikh Hasina’s daughter and psychologist Saima Wazed and Nepal’s top public health specialist in WHO, Shambhu Prasad Acharya, for the elections of the World Health Organisation’s regional director of the New Delhi-based Southeast Asia Regional Office (SEARO). While Wazed is a school psychologist and has been adviser to WHO chief on mental health and autism,..

डब्ल्यूएचओको दक्षि-णपूर्वी एसिया क्षेत्रीय निर्देशक पदको चुनाव आजः नेपाल र बंगलादेश दाबेदार

१५ कार्तिक, काठमाण्डौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदै छ । भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण(पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ । उक्त पदमा नेपालका र बंगलादेश दाबेदार छन् । नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद छिन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ..

डिजेल र मट्टीतेलको मूल्य घट्यो

१४ कार्तिक, काठमाण्डौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन आईओसी बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

यि हुन् विश्व शान्ति भूमिमा पाईला टेक्ने संयुक्त राष्ट्रसंघका ६ जना महासचिव

१४ कार्तिक, काठमाण्डौँ । विश्व शान्तिको केन्द्र गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने संयुक्त राष्ट्रसंघका छैठौं महासचिव बनेका छन् एन्टोनियो गुटेरेस । यसअघि ५ जना महासचिवले यहाँको भ्रमण गरिसकेका छन् । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पायो । त्यतिबेला संयुक्त राष्ट्रसंघमा ड्याग ह्यामरसोल्ड महासचिव थिए । उनी राष्ट्रसंघका दोस्रो महासचिव हुन् । हालसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा नौ जनाले जिम्मेवारी सम्हालिसकेका छन् । तीमध्ये हालका गुटेरेससहित ६ जनाले लुम्बिनी भ्रमण गरेका छन् ..

नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्छः राष्ट्रसंघ महासचिव गुटरेस

१४ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिएका छन् । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने बताएका हुन् । उनले भने, ‘ नेपाल शान्तिको प्रवर्द्धन हो । बहुलताको च्याम्पियन र दिगो विकासको समर्थक हो । दुई विशाल राष्ट्रबिचमा भएर पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाउन आफ्नो बाटो लिएको छ ।’ उनले नेपालको पछिल्लो २० वर्षको यात्राको..

कोशीमा दुधको उत्पादन बढ्दो, बंगलादेशका व्यवसायीले लगे पाउडर दुधको नमुना

१४ कार्तिक, विराटनगर । कोशी प्रदेशमा दुधको उत्पादन बढ्दो छ । खपत सोही अनुपातमा भएको छैन । मिल्क होली–डेले दुध उत्पादक किसानसँगै डेरी उद्योगहरू समस्यामा छन् । स्टक रहेको पाउडर दुध र घिउको खपत दसैँको सन्दर्भमा केही बढे पनि त्यो पर्याप्त हुन सकेन । यही समस्या भइरहेको बेला डेढ महिना अगाडि कोशी प्रदेशका दुग्ध पदार्थ उत्पादक उद्योगी व्यवसायीले गरेको पहलले केही आशाको सञ्चार गराएको छ । यहाँका उद्योगी व्यवसायीको टोली..

नेकपा माओवादी केन्द्रले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने

१४ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने निर्णय गरेको छ । गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादीले विशेष अभियानकै क्रममा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वयको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने भएको छ । माओवादीले माताहतका कमिटीमा छ बुँदे परिपत्र..

राष्ट्रसंघका महासचिव गुटरेस लुम्बिनी प्रस्थान

१४ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी पुगेका छन् । अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी प्रस्थान गरेका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् । गुटरेस पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन् । लुम्बिनी विकास कोषका अनुसार महासचिव गुटरेसले लुम्बिनीमा झन्डै डेढ घण्टा..