बन्दाबन्दै भत्कियो पक्की पुल

१२ पुष, भोजपुर । भोजपुरमा निर्माणाधीन पक्की पुलको संरचना भत्किएको छ। षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो। ‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो । पुल भत्किएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले भने। उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भत्किएको बताए । ‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो।..

एभोकाडो खेतीमा इलामका किसान आर्कषित

१२ पुष, इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका-५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन ”, उहाँले भन्नुभयो । जिल्ला..

माङसेबुङको रतुवाबैंसीमा बाल विकास केन्द्र स्थापना

१२ पुष, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका-३ रतुवाबेंसी टोलकी रिना लिम्बू बुधबार निकै खुशी देखिन्थिन् । त्यसको कारण थियो, आफ्नै टोलमा बाल विकास केन्द्र स्थापना भई उद्घाटन हुनु र आफ्नो छोराको नाम दर्ता हुनु । रिनाले बाल विकास केन्द्रमा छोरा सेसेहाङ लिम्बूको नाम दर्ता गराएकी छन् । आफुले पढ्न नपाएपनि छोरालाई धेरै पढाउन इच्छा रहेको रिना बताउँछिन् । छिमेकी माङ्से नेम्बाङ पनि ६ वर्षको भए । आफू कक्षा १ मा..

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

१२ पुष, धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ उग्रताको सीमा नाघ्दै अघि बढेका छन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइदिए । उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र..

तीन दशकपछि दमक-चिसोपानी सडक निर्माणले तिव्रता पाउने

१२ पुष, माङसेबुङ । पाँचथरमा सडक संजालको असहज महसुस गरेर पाँचथर बाट बसाईसारई लिएर इलामको माङसेबुङमा आउनुभएकी हरीमाया राईले अहिले सम्म पनि सहज सडकको पहुच उपभोग गर्न पाएकी छैनन् । राई सहज सडक उपभोग गर्न पाइन्छ भनेर माङसेबुङमा आएको तर सडकमा गाडि गुड्दा बस्ती नै धुलोले ढाक्ने सास्ती माथि सास्ती थपिएको पिडा पोख्दै अहिले सम्मपनि कालोपत्रे सडकको पर्खाइमा बसिरहेकी छन् । तर उनी जब माङसेबुङ आइन त्यसअघि निमाणर् थालिएको सडक..

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जापानका राजदूत युटाकासँग शिष्टाचार भेट

१२ पुष, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गरेका छन् । त्यस्तै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रुपन्देही र चितवनमा सवारी दुर्घटनाः २ जनाको मृत्यु

१२ पुष, चितवन । रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रूपन्देहीको शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा बुधबार साँझ लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोध रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले..

दार्चुलामा आगलागी हुँदा ४ महिनाको शिशुको मृत्यु

१२ पुष, दार्चुला । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पूणर्रुपमा जलेर नष्ट भएको छ । यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ स्थित टाइगर बु्रअरी इण्डष्ट्रिज प्रालिको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.६ च ९०२० नम्बरको कारमा ब्याट्री सर्ट भई बुधबार दिउँसो..

गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार

१२ पुष, काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका-८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले जानकारी दिए । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले..

तहगत अधिकारका बिषयमा छलफल गर्न मुख्यमन्त्रीहरू हेटौँडामा

१२ पुष, हेटौँडा । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको समयमा छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरू आज हेटौँडामा भेला हुने भएका हुन् । सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले..