समाजवादी मोर्चाका नेताहरू छलफलमा

११ पुष, काठमाडौँ । समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल जारी छ । छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी छन् । सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन..

प्रधानमन्त्री प्रचण्ड’ले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ९ पुस । प्रधानमन्त्री प्रचण्ड’ले भोली (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा..

शीर्ष दलका नेताहरुबीच आज पनि छलफल

९ पुष, काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित विधेयकलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु आजपनि छलफलमा जुट्ने भएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचमा छलफल हुन लागेको हो । तीन दलका शीर्ष नेताहरुबीच आइतबार पनि छलफल भएको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको..

सूर्योदय नगरपालिकाका बासिन्दाले अब पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाटै नागरिकता पाउने

९ पुष, पशुपतिनगर । सूर्योदय नगरपालिकाका बासिन्दाले अब पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाटै नागरिकता पाउने भएका छन् । उपप्रधान तथा गृह मन्त्रीको मन्त्रीस्तरिय निणर्यबाट सूर्योदय नगरबासीले पशुपतिनगर सीमा प्रशासनबाट नगरिकता पाउने भएका हुन् । मन्त्रीस्तरीय निणर्यपछि गृह मन्त्रलयले यहाँको सूूर्योदय नगरबासीलाई सीमा प्रशासनबाटै नागरिकता वितरण गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । यस क्षेत्रका बासिन्दाले नागरिकता लिन सदरमुकाम पुग्नुपर्दा भौगोलिक हिसाबले धेरै असहज भइरहेको भन्दै सूर्योदय नगरले पशुपतिनगरमै प्रशासनको..

‘रास्वपा’ सभापति लामिछानेले लगाए गृहमन्त्री श्रेष्ठमाथि सुन तस्करी ढाकछोप गर्न लागेको आरोप

९ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । नारायणघाट-बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि आज सोमबार बिहान पत्रकार सम्मेलन गर्दै लामिछानेले गृहमन्त्री श्रेष्ठमाथि सुन तस्करी ढाकछोप गर्न लागेको आरोप लगाएका हुन्। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाउन लागिपरेको लामिछानेको भनाइ छ । अधिकारीको अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदान-प्रदान भएको प्रमाण लगेर दिँदा पनि कारबाही नभएको..

क्रिसमसको अवसरमा श्रीलङ्कामा एक हजारभन्दा बढी कैदीलाई आममाफी

९ पुष, कोलम्बो । श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैँदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी..

‘आलु, लसुन प्याज जस्ता वस्तुहरुमा भ्याट लगाउनु गलत’ सांसद भगबती चौधरी

  ९ पुस, काठमाडौं । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् । आइतबार नगरकोटमा आयोजित न्यायीक कर प्रणालीका नीतिगत वहस कार्यक्रममा सहभागी हुँदै चौधरीले चालू आर्थिक वर्षको बजेटमा सरकारले आम नागरिकका अत्यावश्यक वस्तुहरुमा समेत कर लगाउनु गलत भएको पनि बताइन् । मुल्य अभिबृद्धिकर केही बैज्ञानिक तथा प्रगतिशिल हुँदै..

नेशनल मेडिकल कलेजमा इण्डोमेट्रिओमा भएकी युवतीको सफल शल्यक्रिया

९ पुस, विरगञ्ज । नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो । गत बिहीबार कलेजका चिकित्सक डा.प्रविण शाह, डा.रुवी श्रेष्ठ, रेजिडेन्ट डा.सरोज यादव, डा.स्नेहा श्रेष्ठको टीमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पिडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो..

बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

९ पुष, सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। आज (सोमबार) बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ। मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २०..

‘क्रिसमस डे’ को परम्परा र इतिहास

९ पुष । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवशको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् । बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको..