विशेष

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडाैं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया
१२ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिष लाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते..

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्ष १ महिना जेल सजाय
११ पुष, काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय..

राष्ट्रिय राजनीतिमा नेकपा एसको हैसियत र भूमिका नबिर्सन माधव नेपालको चेतावनी
११ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिएका छन् । आज सुरु भएको नेकपा एसको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिको कोर्स चेन्ज गर्ने भूमिका खेलेको र आज मात्रै बसेको समाजवादी मोर्चाको बैठकमा समेत एकीकृत समाजवादीबारे चर्चा भएको बताएका हुन् । उनले सबै कुरासँग सहमत हुन नसक्ने भन्दै..

इलाममा चासोक तङनामः १५ गते राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम
११ पुष, इलाम । किराँतहरूको महान् पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ इलामका विभिन्न स्थानमा धूमधाम साथ मनाइँदै छ । राई, लिम्बु, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्दे मनाइने चलन छ । प्रत्येक वर्ष मङ्सिर पूणर्िमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किराँत याक्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बुले चासोक र राईले उँधौली पर्वका रूपमा..

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली १ करोड २५ लाख घुस लिएको आरोपमा पक्राउ
११ पुष, पोखरा । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।..

कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो बनाउँछन्ः झलनाथ खनाल
११ पुष, काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो हुने सम्भावना औंल्याएका छन् । पार्टीको आज बुधवार बाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ०८४ को चुनाव कम्युनिष्टहरुका लागि राम्रो नहुने संकेत गरेका छन् । ‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई एक्लै बनाएर धुल्याउने योजना छ’, उनले भने, ‘कुन बाटोबाट हुन्छ,..

भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण
११ पुष, बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए..

शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइयो लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम
११ पुष, शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिको आयोजनामा निर्माणधिन दुधे रंगशालामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले बताए । चासोक तङ्नाम कार्यक्रममा बोल्दै संघीय सांसद एलपी साँवा लिम्बुले सबै समुदायहरुलाई एकै स्थान जम्मा..

नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा १० मेगावाट विद्युत जोडियो
११ पुष, झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना झापा जिल्लाको शिवसताक्षी नगरपालिका-४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारीदिनुभयो । “झापा इनर्जीको यो परीक्षण उत्पादन हो”, उहाँले भन्नुभयो, “केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ ।” उक्त विद्युत्..

ज्येष्ठ नागरिकको ज्ञानले राष्ट्रको दीर्घकालीन विकासमा मार्गदर्शन प्रदान गरेको प्रधानमन्त्रीको भनाई
११ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् । ज्येष्ठ नागरिकका महत्त्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको प्रधानमन्त्रीको भनाई छ । ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण र..