बन्दाबन्दै भत्कियो पक्की पुल

बन्दाबन्दै भत्कियो पक्की पुल


१२ पुष, भोजपुर । भोजपुरमा निर्माणाधीन पक्की पुलको संरचना भत्किएको छ।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भत्किएको हो।

‘बन्दाबन्दैको पक्की पुल भत्किएको हो । पुल भत्किएर मानवीय क्षतिचाहिँ भएको छैन,’ षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले भने। उनले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भत्किएको बताए ।
‘खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो। त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो। आज बिहान अचानक भत्कियो। के कारणले भत्किएको हो भनेर जाँचबुझको काम भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया:

सम्बन्धित खवर