रुपन्देही र चितवनमा सवारी दुर्घटनाः २ जनाको मृत्यु

रुपन्देही र चितवनमा सवारी दुर्घटनाः २ जनाको मृत्यु


१२ पुष, चितवन । रुपन्देही र चितवनमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रूपन्देहीको शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा बुधबार साँझ लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोध रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२९ भतेरी जंगलस्थित सडकमा लु.८ प २५६८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी पश्चिम सुनवल नगरपालिका-८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर